नेपाली

लोमान्थाङमा देखियो नयाँ प्रजातिको चरा

criPublished: 2024-05-18 18:16:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

फुस्रो सारौंका केही फोटो लिएपछि तिवारी होटल फर्किनुभयो। अमेरिकी चराविद् विथरोलाई लोमान्थाङमा देखिएका नयाँ चरा देखाउनुभयो। बिरामी भएर आराम गरिरहनु भएका विथरोलाई पनि त्यो चरा हेर्न मन लाग्यो। उहाँ खुसी भएर जुरूक्क उठ्नुभयो।

‘बिरामी मान्छे नयाँ प्रजातिको चरा देखेको भनेपछि जुरूक्कै उठ्नुभयो, सन्चो भएजस्तो गरी निस्कनुभयो,’ उहाँले भन्नुभयो, ‘सौभाग्यवश त्यो चरा उडेर कतै गएको रहेनछ।’

उहाँहरू दुवैले फोटो खिच्नुभयो। चरा नजिकैको रूखमा गएर बस्यो। त्यहाँ पनि उहाँहरूले फोटो खिच्नुभयो। सानो-सानो समूहमा उड्ने फुस्रो सारौं लोमान्थाङमा देखिएको भने एक्लै थियो। ‘कतै बाटो बिराएर लोमान्थाङ आइपुगेको हो कि,’ तिवारीले शंकाको भाव व्यक्त गर्दै भन्नुभयो।

नेपाल बर्ड रेकर्ड कमिटीका अनुसार यो प्रजातिका चरा उत्तर र पूर्वी एसियाका चीन, जापान, मंगोलिया, उत्तर कोरिया, रूस, दक्षिण कोरिया, हङकङ, ताइवान र भियतनाममा आवासीय रूपमा पाइन्छ। यस्तै, लाओस, म्यानमार, फिलिपिन्स र थाइल्याण्डमा फिरन्ते चराका रूपमा रेकर्ड भएको कमिटीका अध्यक्ष सुवेदीले बताउनुभयो।

नेपालमा पहिलो पटक देखिएको फुस्रो सारौंका विवरण र तस्बिरहरू तिवारीले नेपाल बर्ड रेकर्ड कमिटीमा बुझाउनु भएको थियो। कमिटीले तस्बिरको विश्लेषणसहित अन्तर्राष्ट्रिय पंक्षीविद्हरूसँग राय सुझव लिएर नेपालमा देखिएको चराको अभिलेखमा समेटेको सुवेदीले बताउनुभयो।

लोमान्थाङमा भेटिएका चरा करिब १ वर्ष उमेरको मात्र रहेको चराविद् तिवारीले बताउनुभयो। यसले फूल पार्ने र कोरल्ने बेला नभएको उहाँको भनाइ छ।

नेपालमा पहिलो पटक रेकर्ड गरिएको 'फुस्रो सारौं' निरन्तर रूपमा नेपाल बस्छ कि बस्दैन भनेर उपल्लो मुस्ताङमा अध्ययन हुनुपर्छ। तर अहिलेसम्म उक्त क्षेत्रमा पाइने चराका विषयमा अनुसन्धान हुन नसकेको बर्ड रेकर्ड कमिटीका अध्यक्ष सुवेदी बताउनुहुन्छ। ‘नेपालमा फुस्रो सारौं निरन्तर आउँछ कि आउँदैन भनेर अनुसन्धान भएको छैन,’ उहाँले भन्नुभयो, ‘फिरन्ते भएर आएको हो कि बाटो बिराएर यसै भन्न सकिँदैन।’

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn