नेपाली

लोमान्थाङमा देखियो नयाँ प्रजातिको चरा

criPublished: 2024-05-18 18:16:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गालामा सेतो, शरीरमा खैरो र फुस्रो प्वाँख हालेको चरा 'फुस्रो सारौं' नेपालमा पहिलो पटक देखिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने लोमान्थाङमा वैशाख २५ गते पहिलो पटक उक्त चरा देखिएको हो।

चीनको स्वायत्त प्रदेश तिब्बतको सिमानासँग जोडिएको ३ हजार ८४० मिटर उचाइमा अवस्थित लोमान्थाङमा फुस्रो सारौं देखिएसँगै नेपालमा पाइने चराको अभिलेखमा एउटा प्रजाति थप भएको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीले बताउनु भएको सेतोपाटी अनलाइनले लेखेको छ।

उहाँका अनुसार यसअघि नेपालमा ८ सय ९४ प्रजातिका चरा पाइन्थ्यो। अब यसको संख्या ८९५ पुगेको छ। लोमान्थाङमा फुस्रो सारौं देख्ने पहिलो व्यक्ति चराविद् शंकर तिवारी हुनुहुन्छ। चरा अवलोकन, अध्ययन र अनुसन्धानमा झण्डै ३५ वर्ष बिताएका तिवारीले गत वैशाख २५ गते पहिलो पटक लोमान्थाङको खुला मैदानमा यो चरा देखेको उहाँ बताउनुहुन्छ।

‘त्यतिबेला नै यो नेपालमा अहिलेसम्म नदेखिएको चरा हो भन्ने लागेको थियो। त्यसैले क्यामेरा तेर्स्राएर फोटो खिचिहालेँ,’ उहाँले भन्नुभयो, ‘केही तस्बिर लिएपछि चरा उडेर नजिकै टाँगिएको तारमा गएर बस्यो। तारमा बसेको फुस्रो सारौंको पनि फोटो खिचेँ।’

तिवारीसँगै १२ जना अमेरिकी पर्यटक पनि लोमान्थाङ पुगेका थिए। उहाँको टोलीमा एक जना अमेरिकी चराविद् माथ्यु विथरो पनि सँगै हुनुहुन्थ्यो। अरू पर्यटकका उद्देश्य लोमान्थाङका प्रकृति र संस्कृति हेर्नु थियो तर उहाँहरूको उद्देश्य चरा।

लोमान्थाङ जाँदा नै ठाउँ-ठाउँमा चरा हेर्दै जानु भएका तिवारी र विथरो लोमान्थाङमा पाँच दिन बस्नुभयो। उच्च हिमाली भेग र बेजोड हावा चल्ने भएकाले विथरोको स्वास्थ्यमा खराबी आएको थियो। वैशाख २५ गते बिहान विथरो आराम गरिरहेका थिए। तिवारी क्यामेरा भिरेर चिसो मरूभूमितिर आँखा दौडाउँदै हुनुहुन्थ्यो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn