पर्यटनबाट चितवन राष्ट्रिय निकुञ्जले १० महिनामा गर्यो २६ करोड आम्दानी
तर पछिल्ला वर्षहरुमा विदेशी पर्यटकभन्दा स्वदेशीको संख्यामा उल्लेख्य सुधार भएको देखिन्छ। कोरोनाअघि चितवन निकुञ्ज घुम्न आउने विदेशी पर्यटकको वार्षिक संख्या सवा लाखभन्दा बढी हुन्थ्यो। त्यसैले विदेशी पर्यटकको संख्यामा अझै पनि उल्लेख्य सुधार नदेखिएको पर्यटन व्यवसायी बताउँछन्। विदेशी पर्यटकमा अहिले चिनियाँको संख्या धेरै छ भन्नुहुन्छ पर्यटन व्यवसायी दीपक भट्टराई। ‘विदेशी पर्यटकको संख्या त भूकम्पपछि नै प्रभावित हुँदै आएको हो। यसमा अहिलेसम्म राम्रो सुधार हुन सकेको छैन। त्यहीबीचमा कोरोना पनि आयो। अहिले विदेशबाट आउने पर्यटकमा चिनियाँको संख्या धेरै छ। अन्य देशका पर्यटक त्यति बढेनन्,’ क्षेत्रीय होटल संघ चितवन सौराहाका पूर्वअध्यक्षसमेत रहेका भट्टराईले भन्नुभयो। नारायणगढ–बुटबल सडक विस्तारमा विलम्ब हुँदा भारतीय पनि उल्लेख्य बढ्न नसकेको उहाँले बताउनुभयो।
‘सुनौली नाका हुँदै छिरेका भारतीय लुम्बिनी घुमेर चितवनसम्म आउने गर्दथे। अहिले नारायणगढ–बुटबल सडकको खराब अवस्थाले पर्यटक यता आउनै चाहदैनन्,’ भट्टराईले भन्नुभयो। नेपाली गन्तव्यका बारेमा विदेशमा पर्याप्त प्रचार पनि हुन छाडेको उहाँले बताउनुभयो। सरकार र व्यवसायी योजनाबद्ध तरिकाले लागे पर्यटकको संख्यामा उल्लेख्य सुधार हुने उहाँको भनाइ छ। चितवन, पूर्वी नवलपरासी, मकवानपरु र पर्सा चार जिल्लासँग सिमाना जोडिएको चितवन निकुञ्जका १० प्रवेशद्वार छन्।