नेपाली

पर्यटनबाट चितवन राष्ट्रिय निकुञ्जले १० महिनामा गर्‍यो २६ करोड आम्दानी

criPublished: 2024-05-15 17:11:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चालु आर्थिक वर्षको १० महिना अर्थात साउनदेखि वैशाखसम्म चितवन राष्ट्रिय निकुञ्जले पर्यटनमार्फत २६ करोड ७१ लाख ५३ हजार ५० रुपैयाँ राजस्व आम्दानी गरेको छ। चितवन निकुञ्ज दुर्लभ वन्यजन्तु ठूलो एकसिंगे गैंडा, पाटो बाघ, घडियाल गोहीलगायतका जीवजन्तुको नेपालमा मुख्य बासस्थल हो। नेपालको पहिलो निकुञ्ज चितवन निकुञ्ज वन्यजन्तु पर्यटनको मुख्य गन्तव्यसमेत रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

चितवन निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षको १० महिनामा एक लाख ६१ हजार ८२७ स्वदेशी, सार्क राष्ट्रका २६ हजार ४६१ र ८४ हजार ६५४ विदेशी गरी कुल दुई लाख ७२ हजार ९४२ जनाले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन्। पर्यटक प्रवेश शुल्कबाट मात्रै २२ करोड ४३ हजार ५० रुपैयाँ राजस्व आम्दानी भएको संरक्षण अधिकृत तिवारीले जानकारी दिनुभयो।

निकुञ्ज आउने पर्यटकले अनुभवी पथप्रर्दशक (नेचर गाइड)को सहयोगमा पैदलै जंगल घुम्ने, मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा हात्ती सफारी गर्ने, निकुञ्ज या मध्यवर्ती वनमा जिप सफारी गर्ने, निकुञ्ज हुँदै बग्ने खोला र नदीहरूमा डुंगा सफारी गर्दछन्। ‘यी सबैखाले गतिविधि खास गरेर जिप सफारीबाट पनि राजस्व आम्दानी हुन्छ। चालु आर्थिक वर्षमा निकुञ्जले पर्या–पर्यटनबाट गरेको आम्दानी २६ करोड नाघिसकेको छ,’ तिवारीले भन्नुभयो।

निकुञ्जले विभिन्न पाँच शीर्षकमा राजस्व संकलन गर्दछ। चालु आर्थिक वर्षको १० महिनामा ३१ करोड ५७ लाख १३ हजार १७१ रुपैयाँ राजस्व आम्दानी भइसकेको सूचना अधिकारी तिवारीले बताउनुभयो। जसमध्ये पर्या–पर्यटनबाट हुने राजस्व आम्दानीको हिस्सा अरु शीर्षकको भन्दा धेरै नै बढी रहेको छ। कोरोनाका कारण शिथिल हुँदै गएको पर्यटन व्यवसायमा सुधार हुँदै गएको तथ्याङ्कले देखाएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn