नेपाली

नेपालमा चालु आर्थिक वर्षमा चौध अर्ब छत्तिस करोड डलर सञ्चिति

criPublished: 2024-05-14 19:24:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

समीक्षा अवधिमा मूल्यवृद्धि उल्लेख्य रूपमा घटेको पाइएको छ। राष्ट्र बैङ्कका अनुसार चैतमा उपभोक्ता मूल्यवृद्धि केवल ४.६१ प्रतिशत मात्र रहेको छ। जबकि २०७९ चैतमा मूल्यवृद्धि ७.७६ प्रतिशत थियो।

सबैभन्दा धेरै खाद्य तथा पेय पदार्थको ५.२१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ४.१४ प्रतिशत मूल्यवृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। खाद्य तथा पेय पदार्थमध्ये सबैभन्दा धेरै मरमसला उपसमूहको २२.६४ प्रतिशत र तरकारीको १६.९९ प्रतिशतले मूल्यवृद्धि भएको छ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले मूल्यवृद्धि भएको छ। चैतमा थोक मूल्यवृद्धि भने ४.९४ प्रतिशत पुगेको छ।

क्षेत्रगत हिसाबले सबैभन्दा धेरै पहाडमा ५.३३ प्रतिशत, तराईमा ४.५८ प्रतिशत, हिमालमा ४.३२ प्रतिशत र काठमाडौँ उपत्यकामा ४.०६ प्रतिशतले मुल्यवृद्धि भएको देखिन्छ। नौ महिनासम्म मुलुकको अन्तर्राष्ट्रिय व्यापार विगतको तुलनामा घटेको छ। प्रतिवेदन अनुसार चैतसम्म ३.७ प्रतिशतले घटेर एक खर्ब १४ अर्ब रुपियाँको निर्यात भएको छ। त्यस्तै आयात २.८ प्रतिशतले घटेर ११ खर्ब ६७ अर्ब रुपियाँ कायम भएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn