नेपाली

एकैदिनमा सत्तरी आरोही सगरमाथाको शिखरमा

criPublished: 2024-05-13 19:21:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

एकै दिन ७० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आइतबार आरोही र सहयोगी शेर्पा गरेर ७० जना सगरमाथाको चुचुरोमा पुगेका हुन् । आरोहण गर्नेमा कामिरिता शेर्पा पनि हुनुहुन्छ । उहाँले यसअघिको आफ्नै रेकर्ड भङ्ग गर्दै २९ औँ पटक सगरमाथा आरोहण गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले भन्नुभयो, “बाटो तयार भएसँगै चुचुरोतर्फ लागेका आरोहीमध्ये आइतबार बेलुकासम्म ७० आरोही र सहयोगीले चुचुरो टेकेका छन् । आधार शिविरमा रहेको पर्वतारोहण अनुगमन फिल्ड कार्यालयले दिएको जानकारी अनुसार मौसमले साथ दिएका कारण आधार शिविरमा रहेका आरोही उत्साही हुँदै चुचुरोतर्फ लाग्ने क्रम जारी छ ।”

वैशाख २८ गते बेलुका ८ बजेर १५ मिनेटमा १० जना अनुभवी शेर्पाको टोलीले चुचुरोसम्मको बाटो बनाएर सिजनको पहिलो आरोहण सुरुवात गरेको उहाँले बताउनुभयो । ती अनुभवी शेर्पाको समूह आधार शिविर फर्किसकेको छ । आरोहीको नाम र आरोहण एजेन्सीको नाम विस्तृत अध्ययनपछि सार्वजनिक हुने बताउँदै निर्देशक गुरुङले आरोही कामिरिता शेर्पाले आइतबार बिहान २९ औँ पटक सगरमाथा आरोहण गरेर संसारमै सगरमाथाको सर्वाधिक आरोहण गर्ने व्यक्तिको रेकर्ड बनाएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गएको वर्ष एउटै सिजनमा दुई पटक सगरमाथा शिखरमा पुगेका कामिरिताले यस पटक सेभेन समिट ट्रेक्सको भगिनी संस्था फोर्टिन पिक्स एक्सपिडिसनमार्फत आफ्नै नाममा रहेको कीर्तिमान तोड्नुभएको हो । मौसम र स्वास्थ्यले साथ दिए उहाँ यसै सिजनमा पुनः चुचुरो टेक्ने मनसायमा हुनुहुन्छ ।” कामिरिताले गत वर्ष दुई पटक सगरमाथा आरोहण गर्दै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने रेकर्ड बनाउनुभएको थियो ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn