नेपाली

नेपाली पर्वतारोही कामीरिता शेर्पा २९औं पटक सगरमाथामा

CRIPublished: 2024-05-12 15:59:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कामीरिताले २०५१ मा पहिलोपटक सगरमाथा आरोहण गर्नुभएको थियो भने पासाङ दावाले २०५५ सालमा सगरमाथा आरोहण गर्नुभएको थियो। सगरमाथामा सबैभन्दा धेरै (२१ पटक) पुगेर आप्पा शेर्पाले ०६८ जेठमा रेकर्ड बनाउनुभएको थियो। उहाँको रेकर्ड हाराहारी ०७० जेठमा फुर्वा तासी शेर्पाले बनाउनुभएको थियो। यो २१ औं पटकको रेकर्डमा कामीरिता ०७४ जेठमा पुग्न सफल हुनुभयो। त्यसयता उहाँ सगरमाथामा सर्वाधिक आरोहणको आफ्नै रेकर्ड बनाउँदै ब्रेक गर्दै आइरहनुभएको छ। उहाँले हिमाल आरोहणबाट विश्राम लिनेबारे अहिलै सोचिनसकेको भन्ने गर्नुभएको छ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार, कामीरिताले वसन्तकालीन यामका लागि सगरमाथा आरोहणको एकपटकका लागि अनुमति लिनुभएको छ।

‘यदि उहाँले दुईपटक आरोहण गर्ने चाहना राख्नु भएमा अनुमति लिन काठमाडौं आइरहनु पर्दैन । यसपटकदेखि सगरमाथा आधार शिविरमै पर्यटन विभागले फिल्ड अफिस स्थापना गरेको छ । त्यही ब्रिफिङ गरेर जुनसुकै आरोहीहरुले सगरमाथाको यात्रा दोब्बर तेब्बर बनाउन सक्नुहुन्छ।’

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn