नेपाली

नेपाली पर्वतारोही कामीरिता शेर्पा २९औं पटक सगरमाथामा

CRIPublished: 2024-05-12 15:59:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विश्वको अग्लो शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरिसकेका विश्वप्रख्यात आरोही कामीरिता शेर्पाले आफ्नै २८ औं किर्तिमान ब्रेक गर्दै आइतबार २९ औं पटक सगरमाथा आरोहण गर्नुभएको छ। उहाँ कार्यरत काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार, आइतबार बिहान ७:२५ मा सगरमाथाको चुचुरोमा पुग्नुभयो।

‘कामीरिताले आफ्नो २८ औं पटकको रेकर्ड ब्रेक गरेर पुन: संसारमै सगरमाथा सर्वाधिक आरोहण गर्ने एक्ला व्यक्ति भएका छन्,’ अध्यक्ष शेर्पाले भन्नुभयो, ‘अहिले कामिरिता आधार शिविर फर्किदै छन्। पुनः यसै सिजनमा दोस्रोपटक जाने कि नजाने उनी आधार शिविर पुगिसकेपछि निर्णय लिने छन् ।’

पर्यटन विभागका अनुसार, कामिरिता विदेशी भीभीआईहरुको समूहको वरिष्ठ हाई अल्ट्च्यूड गाइडका रुपमा यसपाली २९ औं पटकका लागि सगरमाथा आरोहण गर्न जानुभएको थियो। यसपाली सेभेन समिट र फोर्टीन पिक्स एक्सपिडसन गरी दुइटा कम्पनीका सदस्यहरुलाई सगरमाथा आरोहण गराउने कामीरिताको जिम्मेवारी रहेको छ । ५४ वर्षीय कामीरिताले यसपटक मौसम अनुकूल भए दुईपटक सगरमाथा आरोहण गर्नसक्ने मनसाय बनाउनुभएको कान्तिपुर अनलाइनमा खबर छ।

सोलुखुम्बुको थामेका शेर्पाले गत वर्षको वसन्तकालीन याममा आफ्नो २७ औं पटकको रेकर्ड ब्रेक गर्दै २८ औं पटक सगरमाथा चुचुरोमा पुगेर विश्वकै सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिको रेकर्ड बनाउनुभएको थियो। कामीरितापछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेमा सोलुखुम्बुको पाङ्बोचेका ४७ वर्षीया पासाङ दावा (पादावा) शेर्पा हुनुहुन्छ।

गत वर्षको वसन्तकालीन याममा उहाँले गरेको सगरमाथा आरोहण २७ औं पटक थियो । उहाँले गत वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर कामीरिताकै हाराहारीमा सगरमाथा आरोहणको र्कितिमानी बनाएपछि कामीरिताले पनि एक साता नबित्दै गत वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर २८ औं पटकको रेकर्ड बनाउनुभएको थियो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn