जलविद्युतपछि प्रसारणलाइनमा कोरियाको चासो, ५३ अर्ब लगानी गर्दै
तिङला-दुधकोसी-ढल्केबर प्रसारणलाइन ११० किमीको हुनेछ । यो प्रसारणलाइन सोलु करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोड्न सहयोगी हुनेछ । सोलु करिडोरमा १३२ केभी प्रसारणलाइन रहेको छ । जसले उक्त करिडोरमा भविष्यमा उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउन सक्दैन ।
शितलपाटी-इनरुवा प्रसारणलाइनको अध्ययन पूरा भएको छ । इनरुवा-अनारमनी प्रसारणलाइनको पनि लगभग अध्ययन सकिएको छ भने दुधकोसी-ढल्केबरको अध्ययन अन्तिम चरणमा चलिरहेको छ ।
अरुण-इनरुवा-तिङला-मिर्चैया ४०० केभी प्रसारणलाइन आयोजना प्रमुख भुपेश श्रेष्ठले करिब एक वर्ष पहिले नै अर्थ मन्त्रालयसंग स्रोत मागिएको बताउनुभयो। लगानी गर्ने निश्चित भएपछि तीनवटा छुट्टाछुटै आयोजना बनाउने तयारी छ । ‘आफैमा ४०० केभीका ठूला आयोजना भएकाले छुट्टा छुटै आयोजना बनाएर सँगसँगै निर्माण अघि बढाउनुपर्छ,’ श्रेष्ठले भन्नुभयो। निर्माण थालेको ४ वर्षमा पूरा गर्ने योजना छ ।
यी तीनवटा प्रसारणलाइन निर्माणका करिब ४०० मिलिमियन अमेरिकी डलर ( करिब ५३ अर्ब २० करोड रुपैयाँ )लाग्ने अनुमान गरिएको छ । विद्युत प्राधिकरणका प्रसारणलाइन निर्देशनालय प्रमुख दीर्घायु कुमार श्रेष्ठले पनि प्रसारणलाइनका लागि कोरियनले ४०० मिलियन लगानी गर्ने विषयमा छलफल भएको छ । नेपालमा विद्युत उत्पादन बढ्दो भए पनि प्रसारणलाइनमा सरकारले ध्यान दिन सकेको छैन ।