नेपाली

नेपाल बुढ्यौली समाजतर्फ अग्रसर ! घट्दै बालबालिकाको संख्या

CRIPublished: 2024-05-09 16:57:32
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाल पछिल्लो दशकमा बुढ्यौली समाजतर्फ अग्रसर भइरहेको छ। जनगणना नतिजाले विगत ७ दशकमा वृद्धवृद्धाको जनसंख्यामा क्रमिक रूपमा बढ्दै गएको देखाएको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार बालबालिका (१४ वर्षसम्म) को जनसंख्या २८ प्रतिशत, काम गर्ने उमेर समूह (१५ देखि ६४ वर्ष ) को ६५ प्रतिशत र वृद्धवृद्धा (६५ वर्षदेखि माथि) को जनसंख्या ७ प्रतिशत रहेको नागरिकन्यूज डटकमले लेखेको छ।

२०४८ सालदेखि बालबालिकाको संख्या घट्दै गएको तथ्यांकले देखाएको छ। २०४८ सालमा बालबालिकाको संख्या ४२.४ प्रतिशत थियो। यो प्रतिशत घटेर २०५८ सालमा ३८.७, २०६८ सालमा ३४.९ र २०७८ मा आएर २७.८ मा आएको छ।

काम गर्ने उमेर समूह (१५ देखि ६४ वर्ष ) को जनसंख्या भने बढ्दै गएको छ। २०४८ सालमा काम गर्ने उमेर समूहको जनसंख्या ५४.१ प्रतिशत रहेकोमा २०५८ सालमा बढेर ५५.४ प्रतिशत पुग्यो। त्यस्तै २०६८ सालमा ५९.९ प्रतिशत रहेको काम गर्ने उमेर समूहको जनसंख्या २०७८ मा बढेर ६५.२ प्रतिशत पुगेको छ।

वृद्धवृद्धाको जनसंख्या पनि बढ्दो क्रममा छ। २०११ सालमा २.७ प्रतिशत रहेको वृद्धवृद्धाको संख्या त्यसपछि क्रमशः बढ्दै गएर २०२८ सालमा ३.१ प्रतिशत, २०३८ सालमा ३.३ प्रतिशत, २०४८ सालमा ३.५ प्रतिशत, २०५८ सालमा ४.१ प्रतिशत, २०६८ सालमा ५.२ प्रतिशत र २०७८ सालमा ६.९ प्रतिशत पुगेको तथ्यांक कार्यालयले सार्वजनिक गरेको नतिजामा उल्लेख छ।

वृद्धवृद्धाको यो तथ्यांक बढ्दै जाने, प्रजननदर र मृत्युदर घट्दै जाने तथा आयुमा वृद्धि भएमा अबको केही दशकमा नेपाली समाजमा बुढ्यौली उमेरको जनसंख्या अधिक हुने देखिन्छ। यस्तो चुनौतीको सामना गर्न राज्य तयार हुनुपर्ने देखिन्छ।

अहिले वृद्धवृद्धाको संख्या सानो प्रतिशतमा भए पनि केही दशकभित्र यो संख्या बढ्नेछ। जनसंख्याको उमेरगत संरचना परिवर्तनका कारण उत्पन्न हुने चुनौती समाना वा व्यवस्थापन गर्न राज्य आजैदेखि तयार हुुनुपर्ने केन्द्रीय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn