नेपाली

चीनद्वारा सुनकोसी-मरिन आयोजनामा १८ महिनामै १३ किमि सुरुङ खन्न सफल, बाँकी काम निर्धारित समयमै सक्न प्रधानमन्त्रीको निर्देशन

criPublished: 2024-05-08 15:44:11
Share
Share this with Close
Messenger Pinterest LinkedIn

निर्माण कम्पनीले नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिनको माध्यमबाट सुरुङ बनाएको थियो। ५१ महिनामा आयोजना सक्ने सम्झौता छ। १३.३ किलोमटर सुरुङ मार्ग २ वर्षभित्र काम सकिनेछ। चिनियाँ कम्पनीलाई चाइना ओभरसिजलाई सुरुङमार्ग निर्माणको लागि ११ अर्ब २९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

सिन्धुलीको खुर्कोट बजारदेखि करिब २ किलोमिटर माथि र सुनकोसी–तामाकोशीको दोभानदेखि करिब ९५० मिटर तल बाँध निर्माण गरिनेछ। सुनकोसीको पानि सुरुङमार्गबाट ६७ क्युमेक (क्युबिक मिटर प्रतिसेकेन्ड) पानी मरिन खोलामा खसालिनेछ। त्यहाँबाट ३१ मेगावाट विद्युत् उत्पादन हुने अनुमान छ।

सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले प्रदेश २ का बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जिल्लाहरुका थप क्षेत्रसमेत कुल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभर सिँचाइ उपलब्ध गराउनेछ। सिँचाइको काम ३ चरणमा सम्पन्न हुने नेपालखबर अनलाइनमा खबर छ।

हाल बागमती आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिँचाइ हुँदै आएको छ। सुनकोसी–मरिन डाइभर्सनपछि थप ८० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn