नेपाली

चीनद्वारा सुनकोसी-मरिन आयोजनामा १८ महिनामै १३ किमि सुरुङ खन्न सफल, बाँकी काम निर्धारित समयमै सक्न प्रधानमन्त्रीको निर्देशन

criPublished: 2024-05-08 15:44:11
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनाको सुरुङ १८ महिनामै ‘ब्रेक थ्रु’ भएको छ। टीबीएम मेसिनबाट २०७९ असोज अन्तिममा सुरु गरिएको सुरुङ छोटो समयमै छिचोलिएको हो। मेसिनले १८ महिनामा १३ किलोमिटर सुरुङ खनेसँगै बुधबार ब्रेक थ्रुको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल समेत सहभागी हुनुभयो।

टीबीएम मेसिनका उपकरण विभिन्न देशबाट भित्र्याई जडान गरिएको थियो। आयोजना आर्थिक वर्ष २०७३/०७४ मा सुरु भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० मा शिलान्यास गरेका थिए। सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको जिम्मा पाएको चाइना ओभरसिजले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना पनि लक्ष्यभन्दा एक वर्षअगाडि नै पूरा गरेको थियो।

प्रधानमन्त्री प्रचण्डले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो। आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँपालिकामा ब्रिफिङ लिएपछि प्रधानमन्त्री प्रचण्डले आयोजनाका आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिनुभएको हो।

‘बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘समयमा नै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नुहोला।’

उहाँले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्ने गरी काम गर्न निर्देशन दिनुभयो।

प्रधानमन्त्री प्रचण्डले आयोजनामा राम्रो काम गर्ने कर्मचारीहरूको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देशन दिनुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn