नेपाली

राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग जापानका विदेशमन्त्रीको शिष्टाचार भेट, नेपाल–जापान सम्बन्ध अब बहुपक्षीय आयाममा

CRIPublished: 2024-05-06 15:59:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यसैबीच शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष योकोले शिष्टाचार भेट गर्ने क्रममा बहुपक्षीयताको ज्वलन्त विषय रहेको विश्वव्यापी जलवायु परिवर्तनको मार नेपालका हिमालमा गम्भीर रूपमा परेको राष्ट्रपति पौडेलले औँल्याउनुभयो । उहाँले अत्यधिक तापक्रम र कार्बन उत्सर्जनबाट पग्लँदै गरेको हिमालका कारण पृथ्वीको सुरक्षा चुनौती बढेको स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले कार्बन उत्सर्जन गर्ने विकसित मुलुकहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणमा गम्भीर भइदिन आग्रह गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

जापानका विदेशमन्त्री कामिकावा योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि अत्यन्तै चिन्तित रहेको स्पष्ट पार्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको जानकारी गराउनुभयो ।

यसै गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा द्विपक्षीय हित, आर्थिक तथा समाजिक सहकार्य तथा नयाँ सम्भावित साझेदारीका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले गर्दै आएको सहयोगको सराहना गर्नुभयो । नेपालले लिएको विकास लक्ष्य पछ्याउँदै पछिल्लो समय ठुला पूर्वाधार निर्माणमा जापानको महìवपूर्ण रहेको भन्दै त्यस क्रममा नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार प्रकट गर्नुभयो । जवाफमा विदेशमन्त्री योकोले नेपाल–जापानबिचको सौहार्दपूर्ण र समस्यारहित मित्रवत् सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाएर लैजाने विश्वास दिलाउनुभयो ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn