नेपाली

राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग जापानका विदेशमन्त्रीको शिष्टाचार भेट, नेपाल–जापान सम्बन्ध अब बहुपक्षीय आयाममा

CRIPublished: 2024-05-06 15:59:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ । आइतबार राष्ट्रपति कार्यालयमा उहाँहरूबिच शिष्टाचार भेट भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । राष्ट्रपति भवनमा भएको भेटमा नेपाल र जापानबिच रहेको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका सम्बन्धमा कुराकानी भएको प्रवक्ता भट्टराईले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

भेटमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान लामो समयदेखि एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारको रूपमा रहेको उल्लेख गर्नुभएको छ । उहाँले आगामी दिनमा नेपाल र जापानबिच आर्थिक सहयोगलगायत अन्य सहकार्यका क्षेत्र थप विस्तार हुने विश्वाससमेत व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

गोरखापते अनलाइनका अनुसार नेपाल–जापान सम्बन्ध बहुपक्षीय आयामसाथ अघि बढ्ने भएको छ । ६८ वर्ष लामो द्विपक्षीय सहयात्रा आपसी हित, विकास साझेदारी, जनसम्बन्धको आयाममा केन्द्रित रहेकोमा अब बहुपक्षीय आयामसाथ अघि बढ्ने भएको हो । जापानका विदेशमन्त्री कामिकावा योकोको आइतबार भएको उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्धलाई बहुपक्षीयताको मार्गमा अग्रसर गराएको हो । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँगको छुट्टाछुट्टै भेटमा बहुपक्षीयता दर्साउने जलवायु परिवर्तन, दिगो विकास लक्ष्यको प्राप्ति, विकास साझेदारी, जनमैत्री सम्बन्ध र नेपालको विकासशील यात्रालगायतका विविध विषयमा भएको छलफलले अब दुई देशको सम्बन्धको आयाम बहुपक्षीयतातर्फ लम्किएको सन्देश दिएको हो ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn