नेपाली

सम्भाव्यता अध्ययनको ४१ वर्षपछि दैलेखमा पेट्रोलियम पदार्थ खोज्न ड्रिलिङ गरिँदै

criPublished: 2024-05-05 16:10:34
Share
Share this with Close
Messenger Pinterest LinkedIn

२०१९ फेब्रुअरी २८ मा खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच अन्वेषणको काम अघि बढाउने सम्झौता भएको थियो । अहिलेसम्म चिनियाँ टोलीले पेट्रोलियम पदार्थ भए नभएकोबारे यस क्षेत्रका १० वटा लाइनमा गरेको सर्भे रिपोर्ट सकारात्मक आएपछि आयोजनाको काम अघि बढाएको हो ।

अन्वेषणका लागि भैरवी–१ स्थित जलजलेमा ४५ रोपनी जमिन अधिग्रहण गरिसकेको छ । अन्वेषण क्षेत्रका २७ घरपरिवारलाई प्रतिरोपनी १ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा वितरण गरेर खानी तथा भूगर्भ विभागको नाममा लालपुर्जा आइसकेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो। सन् २०१९ देखि काम सुरु भए पनि कोभिड महामारीले दुई वर्ष काम रोकिएका कारण अन्वेषणमा ढिलाइ भएको परियोजना कार्यालयको भनाइ छ ।

‘हामीले दैलेखका श्रीस्थान, नाबिस्थान, पादुका र कोटिलाका चार स्थानका नमुना संकलन गरेर परीक्षण गरिसकेका थियौं,’ प्रमुख नापितले भन्नुभयो, ‘सतहमा भएको जियोकेमिकल, जियोलोजिकल, चट्टानहरूको नमुना, ग्यासको नमुनाको परीक्षण गरेर सतहमुनि ५ किमि तलको भौगर्भिक संरचना, चट्टानको चटायर, पेट्रोलियम पदार्थ, ग्यास हुन सक्ने सम्भावनाबारे पत्ता लगायौं ।’ अबको चरणमा विस्तृत रूपमा परिमाण र गुणस्तरबारे यकिन गरिने उहाँले बताउनुभयो । अन्वेषणका लागि चीन सरकारले अढाई अर्ब लगानी गर्ने र नेपाल सरकारले मुआब्जाबापतको ९६ लाख बेहोर्ने परियोजनाले जनाएको छ । जमिनको उपलब्धता र मुआब्जा रकमबाहेक सबै खर्च चीन सरकारको रहेको परियोजना प्रमुख नापितको भनाइ छ ।

परियोजना सुरु हुँदा भौगर्भिक तथा पेट्रोलियम सर्भे र ड्रिलिङ गर्ने क्षेत्रको पहिचान गर्न १० महिना लाग्ने उल्लेख थियो । तर यो काम चार वर्षसम्म पनि सकिएको छैन । ड्रिलिङको काम सकिन ११ देखि १८ महिना लाग्ने भएकाले आगामी चैतसम्म म्याद थपिएको परियोजना प्रमुख नापितले बताउनुभयो।

सुर्खेतबाट दैलेखसम्मको ६७ किमि सडक साँघुरो भएकाले चीनबाट भारतको रुपैडिया नाका हुँदै १ सय ५० वटा ट्रकमा ल्याइएका ठूला उपकरण बल्लतल्ल अन्वेषण स्थलमा पुर्‍याइएको छ । सुर्खेतबाट आयोजनास्थल जलजले करिब ७५ किमि छ । उपकरण ढुवानीका लागि कर्णाली र मध्यपहाडी लोकमार्गको ९० किमि पार गरेर उपकरण जलजले पुर्‍याइएको हो । अन्वेषणको काम सुरु हुन लाग्दा स्थानीय उत्साहित भएका छन् । बगेर खेर गइरहेको पेट्रोल खानीमा परिणत हुने आशा जागेको भैरवी–१ का रामबहादुर थापाले बताउनुभयो। आयोजना सुरु भए स्थानीयले गाउँमै रोजगारी पाउने अपेक्षा गरेका छन् ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn