नेपाली

सम्भाव्यता अध्ययनको ४१ वर्षपछि दैलेखमा पेट्रोलियम पदार्थ खोज्न ड्रिलिङ गरिँदै

criPublished: 2024-05-05 16:10:34
Share
Share this with Close
Messenger Pinterest LinkedIn

दैलेखमा खानी तथा भूगर्भ विभागले अध्ययन सुरु गरेको ४१ वर्षपछि पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ सुरु हुँदै छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषणको काम भइरहेको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मे ५ तारिख आइतबार ६ महिनाभित्र नतिजा दिने गरी अन्वेषणका लागि ड्रिलिङको उद्घाटन हुँदै गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भे टोलीले खानी अन्वेषणका लागि सबै तयारी पूरा भइसकेको जनाएको छ । २० हजार २० वर्गकिलोमिटर क्षेत्रमा गरेको सर्भेका आधारमा ड्रिलिङ गरिने खानी तथा भूगर्भ विभागका अन्वेषण परियोजना प्रमुख दिनेश नापितले बताउनुभयो। २०४० सालमा सम्भाव्यता अध्ययन सुरु गरेको विभागले २०७२ सालदेखि उत्खननको तयारीलाई तीव्रता दिएको थियो।

जलजलेको पञ्चकोशी क्षेत्रमा सयौं वर्षदेखि निरन्तर बलिरहेको ज्वाला मिथेन ग्यास रहेको प्रमाणित भएको १३ वर्षपछि उत्खनन तथा अन्वेषण हुन लागेको हो । अन्वेषण ड्रिलिङको काम सकिएको ६ महिनाभित्रमा पेट्रोलियम पदार्थको परिमाण र गुणस्तरबारे यकिन हुनेछ । अन्वेषणको काम चिनियाँ कम्पनी चाइना न्यासनल पेट्रोलियम कर्पोरेसन (सीएनपीसी) अन्तर्गर्तको सिबु ड्रिलिङ एन्ड इन्जिनियरिङ कम्पनीले गर्न लागेको परियोजना प्रमुख नापितले बताउनुभयो।

अहिले २१ जना चिनियाँ प्राविधिक र ४६ जना नेपाली अन्वेषणस्थलमा खटिएका छन् । तीन हजार ५ सयदेखि ४ हजार मिटरसम्म जमिनमुनि ड्रिल गरिन लागेको हो । ‘ड्रिलिङपछि व्यावसायिक रूपमा निकाल्न मिल्छ या मिल्दैन थाहा हुन्छ । ड्रिलिङ त पहिला पनि भएको छ,’ उहाँले भन्नुभयो, ‘यो अन्वेषणबाट तेल छ वा ग्यास छ भन्ने पत्ता लाग्छ ।’ २०७२ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच अन्वेषणमा सघाउने द्विपक्षीय समझदारी (जीटुजी) भएको थियो । सन् २०१७ मा तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपाल आउँदा पेट्रोलियम तथा ग्यास अन्वेषणको सम्भाव्यता अध्ययन गर्न दुई मुलुकबीच सम्झौता भएको थियो ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn