नेपाली

काठमाडौँ चक्रपथ विस्तारमा चीनले छुट्यायो बजेट, प्रारम्भिक डिजाइन पनि पठायो

criPublished: 2024-04-08 16:40:05
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालखबर अनलाइनका अनुसार चिनियाँ पक्षले साइट क्लियरेन्स नभएको भन्दै काम सुरु गरेको थिएन। नेपाल सरकारले रुख कटान, विद्युतका पोल सार्ने, ढलको व्यवस्थापनका काम सकाएको छ। तर स्वयम्भूलगायत ठाउँमा संरचना नहटाई सडक निर्माण गर्ने सहमति भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखा समन्वय महाशाखा प्रमुख भीमार्जुन अधिकारीले चिनियाँ पक्ष रसुवागढी सडक र चक्रपथ विस्तारमा सकारात्मक देखिएको बताउनुभयो। ‘चिनियाँ राजदूतसहितको टोली नै मन्त्रालयमा आएर छिट्टै काम अघि बढ्ने बताउनुभएको छ’, अधिकारीले भन्नुभयो, ‘उत्तरी नाकाको महत्त्वपूर्ण मानिने रसुवागढी सडक सुधारको काम छिट्टै गर्ने पत्र आएको छ।’

हाल चिनियाँ नाकासम्म ठूला कन्टेनर आए पनि नेपालतर्फको सडक साँघुरो हुँदा ठूला ट्रकलाई अप्ठ्यारो हुँदै आएको छ। चक्रपथ र रसुवागढी दुवै सडक चिनियाँ अनुदानमै बन्न लागेका हुन्। गत फागुन ३० गते काठमाडौं महानगरका मेयर बालेन शाहले चक्रपथ विस्तार ढिलाइ भएको भन्दै चिनियाँ सम्बन्धित पक्षमाथि प्रश्न उठाएका थिए।

काठमाडौँका सडकलाई धूवाँ र धूलोमुक्त बनाउन सडक बढार्ने, टिपनटापन गर्ने, ब्रुमर लगाउने र पानीले पखाल्ने गरेको बताउँदै उहाँले सडकको सफाइमा अपेक्षित सफाइ प्राप्त गर्न नसकेको प्रमुख कारण चक्रपथ सुधार आयोजनाको वर्षौँसम्म नसकिनु रहेको उल्लेख गर्नुभएको थियो। महानगरले चक्रपथका ठाउँ ठाउँमा यो सडक महानगर मातहत पर्दैन भनी बोर्ड नै टाँसेको थियो। काठमाडौं चक्रपथ सुधार आयोजनाले बोर्ड हटाइदिएपछि महानगरले बोर्ड हराएको भन्दै पुलिस रिपोर्ट नै गरेको छ।

चक्रपथको पहिलो खण्डअन्तर्गत कोटेश्वरदेखि कलंकीसम्म विस्तारको काम वि.सं. २०७१ देखि चीन सरकारले थालेको थियो। २०७५ मा १० किलोमिटर कोटेश्वर–कलंकी खण्ड सरकारलाई हस्तान्तरण गरिएको थियो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn