नेपाली

नेपालमा चालु आर्थिक वर्षमा साढे पाँच अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रियो

criPublished: 2024-04-07 18:47:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गत आर्थिक वर्षमा ३८ अर्ब ४० करोड ७५ लाख रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो तर सो अवधिमा पाँच अर्ब ९६ करोड १३ लाख खुद विदेशी लगानी भित्रिएको छ । पछिल्ला वर्षमा नेपाल भित्रिने प्रत्यक्ष विदेशी लगानीमध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैङ्कको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणले आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात दुई खर्ब ६४ अर्ब ३३ करोड रुपियाँ रहेको छ । नेपालमा सबैभन्दा बढी भारतबाट ८८ अर्ब ५९ करोड, चीनबाट ३३ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा देखिन्छ। सरकारले आगामी वैशाख १६ र १७ गते लगानी सम्मेलनको तयारी गर्दै रहेको सन्दर्भमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी वृद्धि हुने अनुमान गरिएको छ।

आठ महिनामा सबैभन्दा धेरै विदेशी लगानीको प्रतिबद्धता कोरियाबाट १३ वटा परियोजनामा १२ अर्ब ८४ करोड रुपियाँ आएको छ। यस्तै चीनबाट १५३ परियोजनामा नौ अर्ब ४१ करोड ५५ लाख ६४ हजार रुपियाँको लगानी प्रतिबद्धता आएको छ। यस्तै अमेरिकाबाट १० परियोजनामार्फत एक अर्ब १० करोड ८९ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ। सिङ्गापुरबाट, क्यानडा, जापान, स्विजरल्यान्ड, नेदरल्यान्ड, ट्रकीलगायतका अन्य देशबाट विदेशी लगानी प्रतिबद्धता आएको छ।

देशमा सुरुदेखि हालसम्म उद्योग विभागमार्फत चार खर्ब ७८ अर्ब ८३ करोड वैदेशिक लगानी प्रतिबद्धता आएको छ। प्रतिबद्धता धेरै आए पनि लगानी भने ३० देखि ३५ प्रतिशतसम्म मात्र भित्रिने गरेको छ। छ अर्बसम्मका परियोजना उद्योग विभागबाट स्वीकृत हुन्छ। अरू ठुला आयोजना भने लगानी बोर्डबाट स्वीकृत हुने गर्छन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn