नेपाली

नेपालमा चालु आर्थिक वर्षमा साढे पाँच अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रियो

criPublished: 2024-04-07 18:47:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मा सुधार आएको छ। चालु आर्थिक वर्षको सुरुदेखि नै नेपालमा भित्रिने लगानी क्रमिक रूपमा सुधार हुँदै गएको हो। लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधारका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको गोरखापत्र अनलाइनले लेखेको छ।

चालु आर्थिक वर्षको आठ महिनामा साढे पाँच अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको तथ्याङ्क छ। आगामी वैशाख दोस्रो सातादेखि हुने लगानी सम्मेलन तयारीसँगै मुलुकमा भित्रिने विदेशी लगानीको रकम प्रत्येक महिना बढ्दै गएको छ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म पाँच अर्ब ६३ करोड रुपियाँ विदेशी लगानी भित्रिएको हो। गत वर्ष सो अवधिमा एक अर्ब १७ करोड विदेशी लगानी भित्रिएको थियो। यस्तै आठ महिनामा अवधिमा पुँजीगत ट्रान्सफर ३०.२ प्रतिशतले कमी आई तीन अर्ब ८९ करोड कायम भएको छ। गत वर्ष सो अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब ५८ करोड कायम भएको थियो।

नेपालमा विभिन्न मुलुकबाट वैदेशिक लगानी भित्रिने गरेको छ। मुलुकमा पर्यटन, सेवामूलक र जलविद्युत् क्षेत्रमा बढी लगानी भित्रिने गरेको पाइएको छ। उद्योग विभागका सूचना अधिकारी अर्जुन सेन ओलीले नीतिगत सुधारले मुलुकमा वैदेशिक लगानी बढ्दै गएको जानकारी दिनुभयो।

चालु आर्थिक वर्षको आठ महिनामा विभिन्न २५३ परियोजनामार्फत २९ अर्ब १३ करोड ४५ लाख १७ हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ। फागुन महिनामा मात्र १२ वटा परियोजनामार्फत छ अर्ब ४७ करोड २० लाख रुपियाँ प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ।

सबैभन्दा धेरै साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएका छन्। उद्योग विभागका अनुसार आठ महिनामा २१ अर्ब ८५ करोड पाँच लाख रुपियाँ प्रतिबद्धता आएको छ। यस्तै मझौला उद्योगमा तीन अर्ब ६३ करोड र ठुला उद्योगमा तीन अर्ब ६६ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ। आठ महिनामा सबैभन्दा धेरै सेवामूलक, पर्यटन उद्योगमा लगानी प्रतिबद्धता रहेको छ। आठ महिनामा २३८ साना उद्योग, मझौला १२ र तीन वटा ठुला उद्योग दर्ता भएका छन्।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn