नेपाली

लुम्बिनी क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्न संयुक्त राष्ट्रसंघसमक्ष आह्वान

criPublished: 2024-04-06 17:24:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

'अन्तर्राष्ट्रिय ध्यान दिवस' घोषणा गर्न र लुम्बिनीलाई त्यसको राजधानी बनाउन राष्ट्रसंघसमक्ष अपिल गरिनु आफैँमा महत्वपूर्ण उपलब्धि हो।

'अन्तर्राष्ट्रिय ध्यान दिवस' घोषणा गर्न र लुम्बिनीलाई त्यसको राजधानी बनाउन राष्ट्रसंघसमक्ष अपिल गरिनु आफैँमा महत्वपूर्ण उपलब्धि हो। तर,जनस्तरबाट गरिएको अपिलमात्र पर्याप्त हुँदैन। राज्यको तहबाट शान्तिप्रति नेपालको प्रतिवद्धता बिश्व जगतलाई प्रष्ट पार्न सक्नुपर्छ। राजा वीरेन्द्रकै पालामा शान्ति क्षेत्र घोषणा गर्न प्रस्ताव राखिएकोमा भारतबाहेक विश्वका १५१ देशले समर्थन जनाएका थिए। त्यसबेला भूराजनीतिक कारणले रोकिएको उक्त प्रस्ताव दरबार हत्याकाण्डपछि औचित्यहीन बन्यो। नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव अघि बढाउन अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल बनेको छ।

विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मथलोबाट हजारौँले गरेको यो अपीलले सार्थकता पाए लुम्बिनीलाई शान्तिको केन्द्र बनाउने अभियानले सार्थकता पाउनेछ। नेपाल सरकारले यसको औचित्य स्थापित गराउन सक्नुपर्छ। चिनियाँहरुको महत्वपूर्ण चाड 'स्प्रिङ फेस्टिभल'ले गत वर्षदेखि राष्ट्रसंघबाट अन्तर्राष्ट्रिय पर्वको मान्यता पाएको ताजा उदाहरण छ। स्मरण रहोस्, चिनियाँ 'स्प्रिङ फेस्टिभल' ले संयुक्त राष्ट्रसंघबाट मान्यता पाएकै कारण राजदूत छन सोङ्गको पहलमा यस वर्ष नेपालमा धेरै कार्यक्रम आयोजना भएका छन्।

विश्वमा शान्ति स्थापना गर्न बिश्वब्यापी रूपमा चलेका अभियानमा नेपालको विशेष सहभागिता रहँदै आएको छ। खासगरी द्दन्द्दग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ नेपाली सेनाले खेलेको भूमिकाको विश्वले प्रशंसा गरिरहेको स्थिति छ। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति मिशनमा सेना पठाउने मुलुकको सूचीमा सम्भवत: नेपाल पहिलो नम्बरमा पर्छ। युद्धग्रस्त जोर्डन, सिरिया, कंगो, सुडान, लेबनान, माली, हाइटीजस्ता मुलुकहरुमा अहिले नेपाली शान्ति सेना खटिएका छन्।

अर्कोतिर बुद्ध जन्मिएको मुलुकमा बुद्ध धर्म र गौतम बुद्धको यथोचित प्रचार हुन सकेको छैन। यस्तो स्थितिमा लुम्बिनीको धार्मिक तथा ऐतिहासिक महत्वलाई थप प्रचारमा ल्याउन राज्यको तहबाट प्रभावकारी भूमिका खेलिनुपर्छ। त्यसो हुन सके र अरबौँ जनसंख्या भएका दुई विशाल छिमेकी चीन र भारतका केही प्रतिशतमात्रै धार्मिक पर्यटक लुम्बिनी ल्याउन सके नेपालको समग्र पर्यटन क्षेत्रको कायापलट हुने निश्चित छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn