नेपाली

लुम्बिनी क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्न संयुक्त राष्ट्रसंघसमक्ष आह्वान

criPublished: 2024-04-06 17:24:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अप्रिल ५ तारिख शुक्रबारदेखि अन्तर्राष्ट्रिय शान्ति महोत्सव शुरु भएको छ। विश्व सम्पदा सूचीमा परेको लुम्बिनी क्षेत्रको प्रवर्द्धनका साथै विश्व शान्तिको आह्वान गर्न महोत्सव आयोजना गरिएको हो।

नेपालस्थित चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शुरु भएको दुई दिने महोत्सवको शुरुकै दिन यो ठाउँलाई अन्तर्राष्ट्रिय ध्यान केन्द्रको राजधानी बनाउन संयुक्त रास्ट्र संघलाई आह्वान गरिएको जनआस्था अनलाइनले लेखेको छ।

सो अवसरमा आज बिहान ध्यान शिविरको आयोजना गरिएको थियो भने लुम्बिनीलाई अन्तर्राष्ट्रिय ध्यान केन्द्रको राजधानी घोषणा गर्न माग गर्दै र्यालीसमेत निकालिएको छ। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा चीनदेखि कलाकार, खेलाडी, बुध्द धर्मका अनुयायी र शान्तिका उपासकहरु लुम्बिनीमा ओइरिएका छन्।

महोत्सवको दोस्रो दिन शनिबार बिहान पवित्र बगैंचामा एक सय भिक्षु र चार सय भन्दा बढीको सहभागितामा ध्यान गरिएको छ। शान्ति र खेलकुद विषयमा सेमिनार राखिएको छ भने चार विधामा म्याराथुन दौड भएको छ। त्यस्तै धनुषवाण, कुस्तीलगायत खेलको पनि प्रदर्शनी पनि गरिएको छ। लुम्बिनी स्क्वायर थिएटरमा कन्सर्ट पनि राखिएको छ।

कन्सर्टमा गायिका आनी छोइङ डोल्मा, चिनियाँ गायिका उलान तुया लगायतले आफ्नो प्रस्तुति दिएका छन्। महोत्सवले लुम्बिनीलाई विश्व शान्ति र सांस्कृतिक पर्यटकीयस्थलको रुपमा प्रवर्धन गर्नुका साथै नेपाल र चीनबीच राज्य तथा जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn