नेपाली

चीनमा नेपाली कन्टेनर प्रवेश

criPublished: 2024-04-06 17:25:11
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाली कन्टेनरले सामान आयातका लागि चिनियाँ क्षेत्र प्रवेश पाउन थालेका छन्। २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि पहिलो पटक सामान आयातका लागि नेपाली कन्टेनर चीनको स्वशासित क्षेत्र खासा बजारको रमितेमुनिसम्म जान पाएका गोरखापत्र अनलाइनले लेखेको छ।

तातोपानी नाकाबाट अहिले दैनिक दर्जनभन्दा बढी कन्टेनर, भ्यान रमितेभन्दा तलको भूभागमा रहेको आयात सेन्टरको यार्डमा सवारी र चालक जान पाइरहेका छन्। उक्त स्थानबाट नेपाली मालवाहक गाडी पुगेर पल्टी गरी सामान आयात गरिरहेका छन् तर भूकम्पले ध्वस्त खासा बजार पुनर्निर्माण भइरहेकाले त्यस स्थानमा नेपाली कन्टेनर जान पाएका छैनन्।

प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले तिब्बतको खासा बजारमुनिको रमिते भन्ने स्थानबाट केही तलको क्षेत्रमा रहेको आयात सेन्टर यार्डमा सवारी र चालक सामान आयातका लागि जान पाइरहेको जानकारी दिनुभयो तर अहिलेसम्म औपचारिक पत्र वा विवरण नआए पनि रमितेमुनिको क्षेत्रमा नेपाली मालवाहक गाडी पुगेर सामान आयात गरिरहेको उहाँले थप्नुभयो। विभिन्न चरणमा नेपाल र चीनका अधिकारीबिच भएका बैठकमा चिनियाँ पक्ष सकारात्मक भएर कन्टेनर र चालक जान पाएका जिप्रकाको भनाइ छ।

रमितेमुनिको मोड क्षेत्रमा टे«लर, कन्टेनर सामान आयातका लागि गइरहेका छन्। चीनको सिगात्सेबाट १३.७५ लामो टे«लरलाई सामान आयात यार्डमा स्थान र प्रवेश निश्चित गरिएको छ। नाका पूर्ण रूपमा सञ्चालनका लागि यो कदम आशालाग्दो रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उमेश प्रधानले बताउनुभयो। तातोपानी नाकालाई पुरानै लयमा फर्काउन चीन सरकारले गरेको उक्त कार्यप्रति नेपाल सरकार र नेपाली व्यापारी व्यवसायीमा उत्साह थपेको प्रधानले टिप्पणी गर्नुभएको छ। चीनले आयातसँगै निर्यातमा पनि चासो देखाएको छ। फलफूल, लत्ताकपडा, विद्युत् सामान आयात भइरहेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn