नेपाली

आठ महिनामा नौ खर्ब एकसट्ठी अर्ब नेपाल भित्रियो रेमिट्यान्स

criPublished: 2024-04-05 17:25:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आर्थिक मन्दीको सङ्केत बजारमा देखिइरहँदा नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कमा भने निरन्तर सुधार देखिएको छ। व्यापार व्यवसायमा सुस्तता, व्यापारीमा निराशा बढेको तथा उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकिरहेको अहिलेको अवस्थामा पनि बाह्य क्षेत्र निरन्तर सुधारोन्मुख रहेको राष्ट्र बैङ्कको तथ्याङ्कमा देखिएको हो। राष्ट्र बैङ्कका अनुसार शोधनान्तर स्थिति निरन्तर बचतमा रहेको छ भने विदेशी मुद्राको सञ्चिति पनि बढिरहेको गोरखापत्र अनलाइनले लेखेको छ।

चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा चालु खाता एक खर्ब ६६ अर्ब ८७ करोड रुपियाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोड रुपियाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब २५ करोडले बचतमा रहेको छ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोड रुपियाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४२ अर्ब रुपियाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब आठ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ४६ करोडले बचतमा रहेको छ।

चालु आव २०८०/८१ को आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेको थियो।अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई सात अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या दुुई लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ८४ हजार २७८ रहेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn