नेपाली

नेपालको लगानी बोर्डद्वारा ऊर्जा परियोजनामा उनान्सय अर्ब लगानी स्वीकृत

criPublished: 2024-04-05 17:25:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बैठकले ह्वासिन नारायणी सिमेन्ट परियोजनाको थप लगानीसम्बन्धी विषयमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न लगानी बोर्डको कार्यालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ। त्यस्तै अप्पर मस्र्याङ्दी जलविद्युत् परियोजना र कोहलपुर तथा वाणगङ्गामा बन्ने सौर्य विद्युत्को परियोजना विकास सम्झौताका लागि विकासकर्तासँग वार्ता गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा वार्ता समिति गठन गरेको छ।

यस्तै अरुण तेस्रो जलविद्युत् परियोजनाको प्रवेशमार्ग छ्याङ्कुटीदेखि दिदिङ सडकखण्डको मुआब्जा र क्षतिपूर्तिका लागि उच्चस्तरीय समिति प्रतिवेदन निर्णयका लागि नेपाल सरकार मन्त्रीपरिषद्समक्ष पेस गर्नुपर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले दाङ सिमेन्ट परियोजनाको विदेशी लगानीकर्ताको रकम फिर्ता लैजान पनि स्वीकृति दिएको छ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकका निर्णय कार्यान्वयन अवस्था एवं बोर्डका रणनीतिक स्तम्भ अनुसार भइरहेका गतिविधि र आगामी लगानी सम्मेलनको तयारीका सम्बन्धमा विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो। बैठकमा माननीय अर्थमन्त्री तथा लगानी सम्मेलनका लागि गठित निर्देशक समितिका संयोजकले लगानी सम्मेलनको हालसम्मको तयारीको अवस्थाबारे सङ्क्षिप्तमा जानकारी गराउनुभएको थियो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn