नेपाली

नेपालबाट वैदेशिक अध्ययनमा सात महिनामा बाहिरियो ६६ अर्ब ६४ करोड

criPublished: 2024-04-03 18:24:40
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालबाट वैदेशिक अध्ययनमा जाने विद्यार्थीबाट पछिल्लो सात महिनामै ६६ अर्ब ६४ करोड रकम बाहिरिएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म गत वर्षको भन्दा २२ अर्ब ९० करोड बढी रकम बाहिरिएको छ । यो तथ्यांक गत वर्षको सोही अवधिको भन्दा ५२.३ प्रतिशतले बढी रहेको नयाँ पत्रिका अनलाइनले लेखेको छ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म ६९ हजार तीन सयले एनओसी लिएका छन् । गत वर्ष (०७९) माघ मसान्तसम्म ५१ हजार ८१६ जना विद्यार्थीले एनओसी लिएका थिए । विद्यार्थी संख्या बढेसँगै वैदेशिक अध्ययनका लागि बाहिरिने रकम पनि बढेको हो ।

राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोख्रेलका अनुसार गत वर्षभन्दा यस वर्ष विदेश जाने विद्यार्थीको संख्या बढी छ । सोही कारण बिदेसिने मुद्रा पनि बढेको हो । ‘गत वर्षको सात महिना र चालु आर्थिक वर्षको सात महिनासम्मको तथ्यांकलाई तुलना गर्दा ५२.३ प्रतिशत बढी रकम बाहिरिएको छ । यो वर्ष धेरै रकम बाहिरिने अनुमान छ,’ उहाँले भन्नुभयो ।

उहाँले अध्ययनका लागि विदेश गएका विद्यार्थीबाट सुरुको समयमा मुद्रा बाहिरिए पनि सो मुद्रा रेमिटरयान्सको माध्यम हुँदै फिर्तासमेत हुने गरेको बताउनुभयो। विद्यार्थीले पढ्दै कमाउँदै गरेको पैसा रेमिट्यान्समार्फत पठाउने भएकोले बिदेसिएको रकमले खासै अर्थ नराख्ने सहप्रवक्ता डा. पोख्रेलको भनाइ छ । ‘विश्वव्यापीकरणको यो समयमा मुद्रा र जनशक्ति बिदेसिनु ठूलो विषय होइन, तर रेमिट्यान्स पनि बढ्नुपर्‍यो,’ उहाँले भन्नुभयो ।

पछिल्लो फागुनभरि र चैत्र महिनाको १५ गतेसम्म कति रकम बाहिरियो भन्ने तथ्यांक राष्ट्र बैंकले अझै तयार पारेको छैन । तर, औसतमा हेर्दा प्रतिमहिना ९/१० अर्ब रकम विद्यार्थीबाट बाहिरिने गरेको राष्ट्र बैंकको आकलन छ । राष्ट्र बैंकले अध्ययनमा गएका विद्यार्थीबाट फागुनमा कति मुद्रा बाहिरियो भन्ने तथ्यांक केही दिनमै सार्वजनिक गर्ने सहप्रवक्ता डा. पोख्रेलले बताउनुभयो । दुई साताअघिसम्म एनओसी कार्यालयका सेवाग्राहीको अत्यधिक भिडभाड थियो । समयमै एनओसी लिन नपाएपछि विद्यार्थी तनावमा हुन्थे । तर, एक सातायता भने कार्यालयको सेवा प्रवाहमा सुधार आएको छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn