नेपाली

विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाँटामा

criPublished: 2024-03-24 16:40:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालकै मधेस प्रदेशको धनुषा र महोत्तरी क्षेत्रमा यस चराको सिकार हुने गरेको पाइएको चौधरीले बताउनुभयो। “उखुबारीमा भएका बेला यस चराको सिकार भएको पाएका छौँ”, उहाँले भन्नुभयो, “होटलमा समेत यस चराको मासु बिक्री भएको पाइएको छ।”

“छातीमा पहेँलो रङ हुने बगाले बगेडी (एल्लो ब्रेस्टेड बन्टिङ) चरा नेपालमा पनि केही वर्ष पहिला हजारौँका सङ्ख्यामा देखिने गरेका थिए, अहिले २० देखि ३० को सङ्ख्यामा मात्रै देखिने गरेका छन्”, डगौराले भन्नुभयो, “पछिल्लो वर्षमा यस चरालाई देख्न पनि दुर्लभ भएको छ, सन् १९८० पछि पहिलोपटक देखिएका छन्।” यो चरा अतिसङ्कटापन्न अवस्थामा रहेको उहाँले बताउनुभयो।

चोरी सिकारीसँगै सिमसार क्षेत्र विनाश हुन थालेपछि बसाइँ सारेर आउने बगाले बगेडीसँगै अन्य चरा सङ्कटमा परेका छन्। बसाइँ सार्ने क्रममा हिमाल छिचोल्दै कयौँ फिटको उचाइ भएर आउने बगाले बगेडी चरा मर्ने गर्दछन् भने सिकारी चराको सिकार पनि हुने गर्दछन्। सिमसार क्षेत्र अतिक्रमणको चपेटामा पर्नु र कृषिमा अनियन्त्रित तरिकाले विषादीको प्रयोग गर्दा पाहुना चरा यसबाट प्रभावित हुने गरेका छन्।

नेपाल पक्षी संरक्षण सङ्घले बगाले बगेडी चराको सन् २००४ देखि सन् २०१७ सम्म गरेको तथ्याङ्क विश्लेषणमा पनि सङ्कटापन्न अवस्थामा देखिएको छ। चराविज्ञ डगौराका अनुसार बगाले बगेडी चरा सन् २००० देखि २०१५ सम्म संवेदनशील अवस्थामा थियो। सन् २०१३ देखि २०१६ सम्म सङ्कटापन्न अवस्थामा थियो। त्यसपछि यसको सङ्ख्या निकै घटेको पाइएपछि सन् २०१७ देखि हालसम्म यो चरा अतिसङ्कटापन्न अवस्थामा छ।

यो चरा खेतबारी र घाँसेमैदानमा पाइन्छ। साउनदेखि जेठमा प्रजनन गर्ने यो प्रजातिको पोथीले घाँसको प्रयोग गरी भुईँमा गुँड लगाउने गर्छ। यसको औषत आयु सात वर्ष हुने गरेको बताइएको छ। प्रजननका बेला पहेँलो रङमा देखिने बगाले बगेडी अरू बेला भँगेराजस्तै देखिने भएकाले चिन्न नै गाह्रो हुने गरेको छ। कैलाली, कञ्चनपुरसँगै बर्दिया, चितवन, झापा, कोशीटप्पु र मधेस प्रदेशका केही जिल्लामा बगाले बगेडी चरा पाइने गरेका जिल्लाका चरासम्बन्धी अन्य जानकारहरूले बताएका छन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn