नेपाली

विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाँटामा

criPublished: 2024-03-24 16:40:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ। निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो। शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताउनुभयो। भँगेरा जस्तै तर रङ्गिन ३२ वटा बगाले बगेडी चरा आफूले देखेको उहाँले बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्दै आएको संरक्षणकर्मी चौधरीले बताउनुभयो। “फरक प्रजातिको चरा देखेपछि तस्बिर खिचेर नेपाल पक्षी संरक्षण सङ्घलाई पठाएँ”, उहाँले भन्नुभयो, “यो दुर्लभ प्रजातिको चरा भएको जानकारी प्राप्त भएको छ।”

नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस चरालाई पहिलोपटक सन् १९८० मा अभिलेखीकरण गरिएको थियो। त्यसपछि यस चराको तथ्याङ्क राखिएको नपाइएको उहाँले बताउनुभयो। अभिलेखीकरण गरिएको ४४ वर्षपछि बगाले बगेडी चरा देखापरेको उहाँले बताउनुभयो।

चराविज्ञ डगौराका अनुसार नेपालमा बगेडी चराका १५ प्रजाति नेपालमा पाइने गरेका छन्। तीमध्ये तीन प्रजाति रैथाने हुन्। बाँकी १२ आकर्षक साना प्रजातिका चरा रुस, मङ्गोलिया, चीनलगायतका क्षेत्रबाट बसाइँ सरेर आउने गर्दछन्। बसाइँ सरेर आउनेमध्ये बगाले बगेडी चरा पनि पर्ने गर्दछ।

उत्तरी ध्रुवमा अत्यधिकरूपमा बढेको चिसो छल्नका प्रत्येक वर्ष यहाँ पुग्ने गर्दछन्। मासुका लागि अत्यधिकरूपमा सिकार हुन थालेपछि यो चरा विश्वबाटै लोप हुने अवस्थामा पुगेको छ। “अत्यन्तै सुन्दर शारीरिक बनावट र रङ भएका बगेड चराको सङ्ख्या पछिल्लो दशकमा ९० प्रतिशतले घटेको पाइएको छ”, चराविज्ञ डगौराले भन्नुभयो, “घट्नुको मुख्य कारणका रूपमा चोरी सिकारी नै हो।” चीनमा सबैभन्दा बढी यस चराको सिकार हुने गरेको उहाँको भनाइ छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn