नेपाली

एक वर्षमा वैदेशिक रोजगारीका सात लाखभन्दा बढी आबद्ध

criPublished: 2024-03-23 16:43:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वैदेशिक रोजगारीमा रहेका श्रमिकले अग्रिम रूपमा योगदान गरेमा १० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ। खर्च कटाई आम्दानीको ७० प्रतिशत रकम औपचारिक माध्यमबाट विप्रेषण पठाएको प्रमाण पेस गरेमा २० प्रतिशत छुट रकम फिर्ता हुने व्यवस्था वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिका लागि योजनामा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–२०७९ मा गरिएको छ।

कोषका अनुसार दुर्घटना, अशक्तता र आश्रित परिवार सुरक्षा योजना अन्तर्गत सुविधा नलिएमा २० प्रतिशत रकम छुटको व्यवस्था तथा नेपालमा फर्केपछि अन्यजस्तै औपचारिक, अनौपचारिक र स्वरोजगार योजनामा जान सक्ने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषबाट कर्जा तथा सापटीको व्यवस्था हुन सक्ने प्रावधान राखिएको छ।

हालसम्म कोषको योजनामा १२ लाख २१ हजार ५४२ जना आबद्ध भएका छन्। जसमा वैदेशिक रोजगारीमा जानेको करिब सात लाख ३२ हजार ८७८ रहेको छ भने औपचारिक क्षेत्रको चार लाख ८८ हजार ३६७ जना आबद्ध भएका छन। त्यसै गरी अनौपचारिक क्षेत्रका २२० जना र ७७ जना स्वरोजगार श्रमिक कोषको योजनामा आबद्ध भएका छन्।

नयाँ जाने श्रमिकले श्रम स्वीकृतिपूर्व कोषको योजनामा अनिवार्य आबद्ध हुने गरेका छन्। वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेलामा योजनामा समावेश हुन सक्ने भनिएको छ। कोषले वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिकलाई समेट्ने तयारीसहित योजना सुरु गरेको जनाएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn