नेपाली

एक वर्षमा वैदेशिक रोजगारीका सात लाखभन्दा बढी आबद्ध

criPublished: 2024-03-23 16:43:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा स्वरोजगार रहेका नेपाली नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सुरु गरेको एक वर्षमा सात लाखभन्दा बढी आबद्ध भएका छन्। गत वर्ष चैत ८ गते वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहनुभएकी मञ्जु थपलियाका श्रीमान् गोपाल सङ्ग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर सुरु भएको योजनामा सात लाख ३२ हजार ८७८ जना आबद्ध भएका हुन्। यो सङ्ख्या गत चैत ८ देखि आजसम्म वैदेशिक रोजगारीमा जानुपूर्व र विदेशमा स्वरोजगार हुने कोषमा आबद्धता भएकाको सङ्ख्या हो तर निरन्तरता दिने श्रमिकको सङ्ख्या असाध्यै कम रहेको गोरखापत्र अनलाइनले लेखेको छ।

कोषका अनुसार कोषमा वैदेशिक रोजगारीमा गएकामध्ये चार हजारको हारहारीले मात्रै निरन्तरता दिएका छन्। बाँकीलाई कोषको योजनामा आबद्धतालाई निरन्तरता गराउन नसकेको जनाएको छ। वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनुपूर्व कोषको योजना आबद्ध भएकाले निरन्तरता दिएमा योगदान गरेको रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत छुट्याइएको छ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकबाट सामाजिक सुरक्षा कोषले दुई अर्ब योगदान रकम सङ्कलन गरेको छ । श्रमिकले न्यूनतम दुई हजार तीन सय रुपियाँदेखि अधिकतम २८ हजारसम्म कोषमा मासिक योगदान गर्न पाउँछन्  । कोषका अनुसार वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जानेमध्ये संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया, कतार, साउदी अबर जाने धेरै श्रमिक कोषमा आबद्ध भएका छन् ।

सामाजिक सुरक्षा कोषले श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकका परिवारलाई जोड्ने गरी तयारी गरेको छ। वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जानेलाई सामाजिक सुरक्षा आबद्धता अनिवार्य गरिएकाले पहिलो पटक गरेर विदेश जाने सबै भए पनि यसलाई निरन्तरता दिने असाध्यै कम भएपछि अबदेखि परिवारलाई जोडेपछि निरन्तरता हुने भन्दै कोषले यस्तो तयारी गरेको हो। कोषका सूचना अधिकारी उत्तमराज नेपालले कोषको योजनामा आबद्ध भएर वैदेशिक रोजगारीमा जाने श्रमिकका परिवारलाई आबद्ध नगरेसम्म वैदेशिक रोजगारीमा जाने श्रमिक कोषको योजनामा आबद्ध गर्न नसकिने देखिएपछि कोषले यस्तो तयारी गरेको जानकारी दिनुभयो। कोषको योजनामा आबद्ध भएर जाने श्रमिक र उनीहरूका परिवारलाई कोषमा रकम जम्मा गर्दाको फाइदाबारे जानकारी नहुँदा कोषको योजनामा निरन्तरता दिने कम भएको उहाँको बुझाइ रहेको छ। कोषका सूचना अधिकारी नेपालले कोषको योजनामा पहिलो पटक आबद्ध भएर वैदेशिक रोजगारीमा गएका श्रमिकले विदेशमा कमाएको रकम आफ्नो परिवारलाई पठाउने गरेकाले परिवारमार्फत कोषको योजनामा निरन्तरता गराउने वातावरण गराउन सकियो भने भविष्यमा श्रमिक र उनीहरूका परिवार दुवैलाई लाभ हुने बताउनुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn