नेपालीले तेस्रो मुलुकमा क्यूआर भुक्तानी गर्न सक्ने, तेस्रो मुलुकका पर्यटकले नेपालमा क्यूआर मार्फत डिजिटल भुक्तानी गर्न सक्ने
यसबाहेक नेपाल सरकारको तर्फबाट गरिने भ्रमण, राष्ट्र बैंकबाट स्वीकृत भ्रमण, सरकारी निकाय तथा सार्वजनिक संघ, संस्था, सरकारी संस्थानहरु, सरकारी तथा अर्ध सरकारी संघसंस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरूबाट आफ्ना कर्मचारी/पदाधिकारीहरूलाई पठाउने तालिम, गोष्ठी, बैठक वा अन्य औपचारिक भ्रमणको लागि विदेशी मुद्रा सटही सुविधाका लागि लिखित अनुरोध मागबमोजिम सटही उपलब्ध गराउन सक्ने व्यवस्था छ ।
नेपाल र भारतबीच गत जेठमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा क्रसबोर्डर डिजिटल भुक्तानीका लागि सम्झौता भएको थियो। नेपालको तर्फबाट नेसनल पेमेन्ट स्वीच सञ्चालन गरिरहेको नेपाल क्लियरिङ हाउस र भारतको तर्फबाट युनिफाइट पेमेन्ट सिस्टम सञ्चालन गरिरहेको एनपीसीआईबीच क्रस बोर्ड डिजिटल भुक्तानी सम्झौता भएको थियो। सोही सम्झौता कार्यान्वयका लागि नेपाल क्लियरिङ हाउसले पूर्वाधार तयार गरिरहेको छ।
सम्झौताअनुसार नेपालबाट भारतमा र भारतबाट नेपालको बैंक खातामा डिजिटल भुक्तानी (पर्सन–टु–पर्सन)का लागि राष्ट्र बैंकले व्यवस्था गरेको हो। तर, नेपालीले भारतमा गएर मर्चेन्ट पेमन्ट दोस्रो चरणमा सुरु गर्ने सम्झौता अनुसार काम भइरहेको राष्ट्र बैंक स्रोतलाई उद्धृत गर्दै अनलाइनखबरले लेखेको छ।
शुक्रबार राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार भारतबाट नेपालमा विप्रेषण भित्र्याउने प्रयोजनलाई नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकले व्यवस्था गरेको ‘इन्डो–नेपाल रेमिट्यान्स फ्यासिलिटी स्किम’बाहेक पनि डिजिटल माध्यमबाट पठाएको रेमिट्यान्स नेपालीले स्वीकार गर्न सक्ने भएका छन्। हाल त्यो स्किमअन्तर्गत भारतबाट एकपटकमा बैंक खातामार्फत २ लाख भारुसम्म नेपालको बैंक खातामा रकम पठाउन पाउने व्यवस्था छ ।
अब नेपाली नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाता आवद्ध विद्युतीय बैंकिङ (इ–बैंकिङ), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको व्यक्तिगत खातामा प्राप्त हुने गरी विप्रेषण रकम भित्र्याउन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।