नेपाली

‘पर्यटन राजधानी’ घोषणा हुँदै पोखरा

criPublished: 2024-03-15 16:48:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पोखराका पर्यटनका सङ्घ, संस्था, स्थानीय सरकार र व्यवसायीले पर्यटकीय राजधानी घोषणा गर्न माग गरेको लामो समय भइसकेको छ । पोखरामा हुने पर्यटकीय गतिविधि, प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधता सम्पदालाई मध्यनजर गरी पर्यटकीय सहर घोषणा गरिने उचित भएको बताउनहुन्छ पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ।

प्रतिवेदनले यहाँ पर्यटन क्षेत्रमा प्रशस्त लगानी भएको, प्राकृतिक सौन्दर्य, जैविक विविधता, अन्तर्राष्ट्रिय विमानस्थलका कारण पर्यटनको केन्द्र बनेको औँल्याएको छ । पोखरालाई पर्यटनको केन्द्र बनाउँदै प्रदेशका अन्य स्थानलाई उपकेन्द्र बनाएर पर्यटन क्षेत्रको विकास र त्यस लाभ वितरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

पर्यटकीय राजधानी घोषणा पछि प्रदेशका सबै स्थानीय तह, सङ्घ, संस्था, नागरिक समाज लगायतले त्यसलाई स्वागत गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता गर्ने छन्। केही पोखरेली भने घोषणाले साङ्केतिक अर्थ राखे पनि पूर्वाधार निर्माण, प्रकृति संरक्षण, विदेशमा प्रवर्द्धन जस्ता कार्य नगरी गरिने घोषणाले ठुलो अर्थ नराख्ने बताउँछन्। पोखरा महानगरले पर्यटकीय सम्पदाबाट लाभ लिन सकेको छैन।

फेवा र बेगनास ताल चल्ने ढुङ्गाबाट महानगरले कर लिन सकेको छैन भने गुप्तेश्वर गुफा, डेभिज फल, महेन्द्र गुफा, चमेरे गुफा जस्ता पर्यटकीय सम्पदाको आम्दानी विद्यालय र विभिन्न सङ्घ, संस्थाले लिने गरेका छन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn