नेपाली

‘पर्यटन राजधानी’ घोषणा हुँदै पोखरा

criPublished: 2024-03-15 16:48:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पोखराको प्रवर्द्धन गर्न र पर्यटनकै माध्यमबाट यो क्षेत्रको विकास गर्ने उद्देश्यले पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा गरिने भएको छ। गण्डकी प्रदेश सरकार र पोखरा महानगको अग्रसरतामा चैत ४ गते आइतबार हुने समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तय भएको छ। नेपाल आउनेमध्ये करिब ४० प्रतिशत पर्यटक पोखरा आएको देखाउँछन्। धेरै आन्तरिक पर्यटककै रोजाइमा पनि यो सहर पर्छ।

०७८ कात्तिकमा गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घीय सरकारलाई अनुरोध गरेको थियो । त्यसअघि नै पटक पटक पोखरा महानगरले पर्यटकीय राजधानी घोषणा गर्न सङ्घ सरकारलाई औपचारिक प्रस्ताव पठाएको थियो।

पोखरा महानगरका प्रमुख धनराज आचार्य पर्यटकीय राजधानी घोषणापछि पोखरा, आसपासका पालिका र प्रदेश सरकारले त्यसलाई कार्यान्वयन गर्न नीतिगत र बजेटसमेत व्यवस्था गर्ने बताउनुहुन्छ। “बारम्बार अनुरोध गर्दा पनि सङ्घ सरकारले घोषणा नगरेपछि हामीले गर्न लागेका हौँ। प्रदेश सरकार र हामी मिलेर यसलाई कार्यान्वयन गर्छौँ,” उहाँ भन्नुहुन्छ, “आउँदा नीति, कार्यक्रम र बजेटमा पनि प्राथमिकतामा पर्छ।”प्रधानमन्त्रीबाट घोषणा भएपछि यसलाई कार्यान्वयनका लागि सङ्घ सरकारको समेत यथोचित साथ मिल्ने उहाँको विश्वास छ ।

पर्यटकीय राजधानी घोषणापछि अल्पकालीन, माध्यमकालीन र दीर्घकालीन योजना बनाएर यसलाई कार्यान्वयन गर्न गण्डकी प्रदेश सरकारले गठन गरेको अध्ययन समितिले सुझाएको छ। प्रतिवेदनले घोषणापछि आवश्यकता र प्राथमिकताका आधारमा पूर्वाधार विकास र प्रवर्धनका कार्यक्रम गर्दै जानुपर्नेछ।

गोरखापत्र अनलाइनका अनुसार समितिले २० बुँदामा विभिन्न सुझाव दिएको छ। अध्ययन समिति संयोजक एवम् प्रदेश नीति तथा योजना आयोगका प्रमुख डा. कृष्णचन्द्र देवकोटा प्रतिवेदनले आवश्यक भौतिक पूर्वाधारदेखि सबै विषय समेटेको उल्लेख गर्नुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn