नेपाली

नेपालले बंगलादेशलाई ९ रुपैयाँमा बिजुली बेच्ने निश्चित

criPublished: 2024-03-12 16:10:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीएनएन) लाई तिर्ने शुल्क र करिब ३ प्रतिशत चुहावट बंगलादेशले नै बेहोर्ने गरी प्राधिकरणले प्रस्ताव पेस गरेको हो । बंगलादेशको मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले गत मंसिर २० मा नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको थियो । सोहीअनुसार मूल्यलाई प्राथमिकतामा राखेर बिक्रीका लागि प्रस्ताव पठाउन बंगलादेशले नेपाललाई पत्र पठाएको थियो । प्राधिकरणले फेब्रुअरी पहिलो साता बंगलादेशसमक्ष प्रस्ताव पेस थियो । बंगलादेशले सेवा प्रदायकका रूपमा भारतको एनभीएनएनमार्फत नेपालबाट बिजुली आयात गर्नेछ । अहिले पनि एनभीएनएनले बंगलादेश पावर डेभलपमेन्ट बोर्डलाई बिजुली बिक्री गर्दै आएको छ ।

सरकारले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । आन्तरिक खपत १३ हजार, भारतमा १० हजार र बंगलादेशमा ५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेको छ । हालै भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने दीर्घकालीन विद्युत् व्यापार सम्झौतासमेत भइसकेको छ । बंगलादेशले नेपालमा ६ सय ८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो आयोजना निर्माण गरी त्यसको बिजुली पनि लैजान चाहेको छ । जेठ पहिलो साता भएको नेपाल–बंगलादेशको सचिवस्तरीय बैठकमा दुवै देश मिलेर यो आयोजना निर्माण गर्ने सहमति भएको थियो ।

भारतीय कम्पनी जीएमआरले ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णालीबाट उत्पादन हुने ५ सय मेगावाट बिजुली पनि बंगलादेशलाई बिक्री गर्ने जनाएको छ । गत वर्षको भदौमा नेपाल–बंगलादेश सचिवस्तरीय बैठकले नेपालबाट पहिलो चरणमा ५० मेगावाट बिजुली लैजाने सहमति गरेको कान्तिपुर अनलाइनले जनाएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn