नेपाली

नेपालले बंगलादेशलाई ९ रुपैयाँमा बिजुली बेच्ने निश्चित

criPublished: 2024-03-12 16:10:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालले बंगलादेशलाई बेच्ने बिजुलीको मूल्य टुंगो लागेको छ । विश्व बैंकको आयोजनामा फागुन ११ देखि १४ सम्म सिंगापुरमा भएको सार्क ऊर्जा सचिवस्तरीय बैठकका क्रममा नेपाल र बंगलादेशबीच सचिवस्तरीय ‘साइडलाइन’ छलफलमा मूल्य टुंगो लागेको हो। प्रतियुनिट ८ देखि ९ रुपैयाँमा बिजुली बेच्ने समझदारी बनेको हो । औपचारिक सम्झौता भने हुन बाँकी छ ।

बंगलादेशसँग बिजुली बेच्ने सम्बन्धमा ब्रेक थ्रु भएको ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जनाउनुभयो। यो समझदारीसँगै तेस्रो मुलुकमा बिजुली निर्यातको बाटोसमेत खुलेको उहाँको भनाइ छ । नेपालले मध्यकालीन सम्झौताअनुसार प्रतियुनिट औसत आठ रुपैयाँ ४० पैसामा भारतलाई बिजुली बिक्री गर्दै आएको छ ।

बंगलादेशसँग बिजुलीको मूल्यमा छलफलका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेसहितको टोली यही फागुन ९ मा बंगलादेश गएको थियो । प्राधिकरणको टोली र बंगलादेश पावर डेभलपमेन्ट बोर्डअन्तर्गतको बोलपत्र (बिड) मूल्यांकन समितिबीच फागुन १० मा ढाकामा वार्ता भएको थियो । वार्ता सकारात्मक रहे पनि मूल्यको विषय टुंगो लागेको थिएन । भारतलाई बेचेकोभन्दा कम मूल्यमा नदिने अडान राखेपछि नेपालले प्रस्ताव गरेको मूल्यमै बिजुली खरिद हुने भएको हो । ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले ५ वर्षका लागि सम्झौता हुन लागेको बताउनुभयो।

नेपालले ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट बंगलादेशलाई विद्युत् निर्यात गर्नेछ । हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ भित्र विद्युत् निर्यातको प्रस्ताव गरिएको छ । भारतीय प्रसारण लाइन प्रयोग गरेबापतको भाडा शुल्क बंगलादेशले नै तिर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले बिजुली बिक्रीबापतको मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn