नेपाली

प्रत्यक्ष वैदेशिक लगानी पाँच गुणाले वृद्धि

criPublished: 2024-03-11 16:39:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गत आव ३८ अर्ब ४० करोड ७५ लाख रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो  तर सो अवधिमा पाँच अर्ब ९६ करोड १३ लाख खुद विदेशी लगानी भित्रिएको छ । पछिल्ला वर्षमा नेपाल भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडिआई) मध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको छ । गत चार आवमा मुलुक भित्रिएको एफडिआईमध्ये जलविद्युत् क्षेत्रमा आएको लगानी औसत ९० प्रतिशत हाराहारी रहेको राष्ट्र बैङ्कको तथ्याङ्क छ । लगानीको सम्भावना राम्रो रहेको, प्रतिफलको सुनिश्चितता भएको, पुनर्कर्जासँगै अन्य सहुलियत कर्जाको उपलब्धतालगायतका कारण विदेशी लगानीकर्ता जलविद्युत् क्षेत्रमा आकर्षित देखिएको विज्ञहरूको भनाइ छ ।

नेपाल राष्ट्र बैङ्कको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणले आव २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात दुई खर्ब ६४ अर्ब ३३ करोड रहेको देखाएको छ । नेपालमा सबैभन्दा बढी भारतबाट ८८ अर्ब ५९ करोड, चीनबाट ३३ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा देखिन्छ ।

सरकारले आगामी वैशाख १६ र १७ गते लगानी सम्मेलनको तयारी गर्दै रहेको सन्दर्भमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आगामी दिनमा अझै बढ्ने विश्वास गरिएको गोरखापत्र अनलाइनले लेखेको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn