नेपाली

प्रत्यक्ष वैदेशिक लगानी पाँच गुणाले वृद्धि

criPublished: 2024-03-11 16:39:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक (एफडिआइ) झन्डै पाँच गुणाले बढेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवर्षको साउनदेखि माघ महिनासम्म पाँच अर्ब १८ करोड रुपियाँ एफडिआई भित्रिएको छ । गत वर्ष सोही अवधिमा एक अर्ब चार करोड रुपियाँ मात्र एफडिआई भित्रिएको थियो। चालु आवको सात महिनामा पुँजीगत ट्रान्सफर २९ प्रतिशतले कमी आई तीन अर्ब ८० करोड रुपियाँ कायम भएको छ। गत वर्ष सो अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब ३५ करोड रुपियाँ कायम रहेको थियो।

लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधारका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । चालु आवको सुरुवातदेखि लगानी प्रतिबद्धतासँगै भित्रिने रकम बढ्दै गएको हो । नेपालमा विभिन्न मुलुकबाट वैदेशिक लगानी भित्रिने गरेको छ । मुलुकमा पर्यटन, सेवामूलक र जलविद्युत् क्षेत्रमा बढी लगानी भित्रिने गरेको पाइएको छ । चालु आवको पहिलो महिना साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६५ करोडले धनात्मक रहेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि पुस महिनासम्म २४१ परियोजनामार्फत २२ अर्ब ६८ करोड १५ लाख रुपियाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ । प्रतिबद्धताको तुलनामा कम विदेशी लगानी भित्रिए पनि गत वर्षको तुलनामा बढेको तथ्याङ्कले देखाएको छ ।

विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीले औद्योगिक क्षेत्रलाई प्रवर्धन गर्ने सरकारको नीति, प्रक्रियागत सरलीकरण, अन्तरनिकाय समन्वय, लगानीकर्तालाई प्रतिफलमा लैजानका लागि गरिने शीघ्र निर्णयले यस वर्ष विदेशी लगानी बढेको जानकारी दिनुभयो। कोभिडपछि पर्यटक आगमन बढ्नु, जलविद्युत् क्षेत्रमा भएको नीतिगत सुधार, लगानीकर्ताले यी क्षेत्रमा लगानीको सम्भावना उच्च देखेकाले पनि लगानी बढ्दै गएको उहाँको भनाइ छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ को व्यवस्था अनुसार छ अर्ब रुपियाँसम्मको विदेशी लगानीको स्वीकृत उद्योग विभागले गर्छ । छ अर्ब रुपियाँभन्दा बढीको विदेशी लगानीको स्वीकृति लगानी बोर्डको कार्यालयले गर्छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn