नेपाली

जगदुल्ला जलविद्युतको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोट अन्तिम चरणमा

CRIPublished: 2024-03-09 15:41:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सर्वसाधारण सेयरधनीका रूपमा सर्वसाधारण नागरिकले ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारणलाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन–तीन प्रतिशत बराबरको सेयर लगानी गर्न पाउने व्यवस्था गरिएको छ। कम्पनीको अधिकृत पुँजी आठ अर्ब, जारी पुँजी सात अर्ब एक करोड र चुक्ता पुँजी एक अर्ब एक करोड बराबर छ। सो आयोजनाले २०७४ असार १८ गते विद्युत उत्पादनको सर्वेक्षणपत्र प्राप्त गरेको थियो।

विद्युत प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र २०७६ पुस १६ गते प्राप्त गरेको थियो। आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्रीसम्बन्धी सम्झौतामा गत वैशाख २७ गते हस्ताक्षर भएको थियो। अर्धजलाशयुक्त आयोजनाले ग्रस हेड ७८९ दशमलव ६ मिटर छ। आयोजनाले ६२३ दशमलव ३२ गिगावाट प्रतिघण्टा बराबरको ऊर्जा उत्पादन गर्छ। कुल २३ मिटर उचाइ र ९३ मिटर लम्बाइ भएको बाँध निर्माण गर्ने उल्लेख छ। हुरिकोटमा रहेका बाँधबाट ६ दशमलव एक किलोमिटर लामो सुरुङमार्फत इलमा विद्युत उत्पादनगृह निर्माण हुनेछ।

आयोजनाको सम्पूर्ण अध्ययन तथा डिजाइनको काम प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीले गरेको छ। आयोजना स्वदेशी प्रविधि र लगानीमा निर्माण हुन लागेको अधिकृत सापकोटाको भनाइ छ। आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन र वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय अध्ययन प्रतिवेदनसमेत स्वीकृत भइसकेको उहाँले बताउनुभयो। जग्गा अधिग्रहण कार्यअन्तर्गत २५५ रोपनी जग्गाको मुआब्जा वितरणको काम पूरा भएको छ।

आयोजनाका कर्मचारीलाई आवश्यक पर्ने आवास तथा कार्यालय प्रयोजनका लागि १४ कोठे अस्थायी प्रिफ्याब भवन निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो। विद्युतगृहस्थलमा थप जिओलोजिकल अध्ययनका लागि ४६० मिटर बराबरको टेसट अडिट टनेलका साथै २५ मिटरको च्याम्बर निर्माण सम्पन्न भएको छ। उत्पादन अनुमतिपत्र प्राप्त गरी उद्योग दर्ता र लगानी बोर्डबाट लगानी स्वीकृतिका लागि आवश्यक कागजातसहित निवेदन कम्पनीले पेस गरेको अधिकृत सापकोटाले जानकारी दिनुभयो।

首页上一页123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn