नेपाली

जगदुल्ला जलविद्युतको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोट अन्तिम चरणमा

CRIPublished: 2024-03-09 15:41:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कर्णाली प्रदेशको सामरिक महत्वका रूपमा हेरिएको डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा बाँध र मुड्केचुला गाउँपालिका–४ इलमा विद्युतगृहमा निर्माण गर्ने लक्ष्य राखिएको जगदुल्ला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुर्‍याएको छ। डोल्पाको जगदुल्ला गाउँपालिकाबाट र मुडकेचुला गाउँपालिकाको इलामा पानी खसालेर १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माण हुन लागेको कारोबार अनलाइनले लेखेको छ। आयोजनाको आवश्यक तयारीको काम पूरा भइसकेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो। विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र पाइसकेको आयोजनाले वित्तीय व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको अधिकृत सापकोटाले बताउनुभयो।

परामर्शदाता र निर्माण व्यवसायी छनोटका लागि विश्वव्यापीरूपमा बोलपत्र सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो। आयोजनाले हालै विद्युत उत्पादन अनुमतिपत्र पाएको छ। आयोजनाको कुल लागत २३ अर्ब बराबर छ। आयोजना निर्माणपछि सबैभन्दा बढी कर्णाली प्रदेशले नै लाभ हासिल गर्नेगरी सेयर संरचना तय गरिएको छ।

पहिलोपटक प्रसारणलाइन प्रभावितका लागि समेत सेयर लगानी गर्न सक्नेगरी सेयर ढाँचा तय गरिएको छ। संस्थापक सेयरधनीका रूपमा विद्युत उत्पादन कम्पनीको २६ प्रतिशत बराबरको सेयर स्वामित्व छ। यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल)को १० प्रतिशत, नेपाल विद्युत प्राधिकरण नौ, कर्णाली प्रदेश सरकार, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले समान एक–एक प्रतिशत बराबरको सेयर स्वामित्व छ।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn