नेपाली

अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका गन्तव्यमा प्रतिस्पर्धा गर्न उडान विस्तार अभियानमा निगम

CRIPublished: 2024-02-12 15:45:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

निगमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत ४५ दिनको समय दिएर गत मङ्गलबार एयरबस ३२०–२०० सिरिजका दुई वटा जहाज भाडामा लिन प्रस्ताव माग गरेको हो । जहाज थपेर व्यापार बढाउने कार्ययोजनाका साथ काम अघि बढाएको निगमले नयाँ जहाज थपेर नजिकका अन्तर्राष्ट्रिय गन्तव्य र हाल मौज्दात वाइडबडी जहाजमार्फत लामो दुरीका गन्तव्यमा उडान विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाल निगमसँग भएको दुई वटा वाइडबडी जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोग भए अन्य गन्तव्यमा हाल भएका दुई न्यारोबडी जहाजले उडान चापको माग धान्न नसक्ने देखिएको छ । त्यसकारण थप दुई जहाज लिजमा लिएर दिल्ली, दुबई, दोहा, मलेसियालगायत क्षेत्रमा उडान थप गरी आय बढाउने योजना छ ।”

चीनसँग खरिद गरेका चिनियाँ जहाज खरिदमा कुनै कम्पनीले पनि चासो नदेखाएपछि निगमले पुनः लिलामीमा राखेको छ । प्रवक्ता पौडेलका अनुसार पाइलट अभाव, मर्मतसम्भार र पार्टपुर्जा अभाव, बढी इन्धन खपत र नाफा दिन नसकेको भन्दै निगमले यी जहाज बिक्रीका लागि लिलामीमा राखेको हो ।

अमेरिकी कम्पनी एभिएसन एसेस्ट म्यानेजमेन्ट इन्टरनेसनलले गरेको मूल्य निर्धारणको आधारमा पाँचवटै चिनियाँ जहाज लिलामीमा राखिएको हो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn