नेपाली

अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका गन्तव्यमा प्रतिस्पर्धा गर्न उडान विस्तार अभियानमा निगम

CRIPublished: 2024-02-12 15:45:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका गन्तव्यमा प्रतिस्पर्धा गर्न चालु आर्थिक वर्ष २०८०/८१ भित्रै जहाजको सङ्ख्या ११ वटा पुर्‍याउने तयारी गरेको छ।

हाल अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ दुई वटा जहाज रहेको निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा बजार हिस्सा बढाउने तयारी अनुसार दुई वटा न्यारोबडी भाडामा लिने तयारी गरिरहेको छ भने आन्तरिकतर्फ स्टल रुट (दुर्गम गन्तव्य) मा उडान गर्न तीन वटा जहाज खरिद प्रक्रियाको मूल्याङ्कन भइरहेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आन्तरिकतर्फ व्यापार अभिवृद्धि गर्न जहाजको सङ्ख्या कम रहेकाले नयाँ जहाज खरिदमार्फत निगमको आम्दानी बढाउने व्यावसायिक योजना अनुसार जहाज खरिदमा परेका प्रस्तावको आर्थिक र प्राविधिक पक्षको मूल्याङ्कन प्रक्रिया चलिरहेको छ।

उहाँले भन्नुभयो, “दुर्गममा उडानका लागि निगमले आह्वान गरेको प्रस्तावमा तीन वटा विदेशी कम्पनीले चासो देखाएका थिए । निगमलाई जहाज बेच्न प्रस्ताव पेस गरेका भारत, क्यानडा र चेक रिपब्लिकका कम्पनीको प्रस्तावको मूल्याङ्कन भइरहेको छ । मूल्याङ्कन प्रक्रिया सकिएको तीन महिनाभित्रै जहाज खरिद प्रक्रियाले पूर्णता पाउने छ।”

निगमको आन्तरिक स्रोतबाटै खरिद गरिने जहाज बेच्न भारतको हिन्दुस्थान एरोनोटिक्स लिमिटेड, क्यानडाको डी ह्याभिल्यान्ड एयरक्राफ्ट अफ क्यानडा लिमिटेड र चेक रिपब्लिकको एयरक्राफ्ट इन्डस्ट्रिज एएसले प्रस्ताव पेस गरेका थिए। आन्तरिकतर्फ नयाँ जहाज थपिएपछि थप गन्तव्यमा उडान विस्तार हुने उहाँले जानकारी दिनुभयो। हाल निगमसँग रहेका दुई वटा ट्विनअटर जहाजले देशका विभिन्न १५ वटा गन्तव्यमा साताको २५ वटा उडान भर्दै आएको गोरखापत्र अनलाइनले जनाएको छ।

त्यस्तै अन्तर्राष्ट्रियतर्फ दुई वटा न्यारोबडी जहाज भाडामा लिन निगमले बोलपत्र आह्वान गरेकाले चालु आर्थिक वर्षभित्रै जहाजको सङ्ख्या ११ पुर्‍याउने योजना रहेको उहाँले बताउनुभयो ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn