नेपाली

नेपालमा हुने भुक्तानीमा क्युआर कोडको छलाङ

criPublished: 2023-11-27 16:05:04
Share
Share this with Close
Messenger Pinterest LinkedIn

उहाँका अनुसार सेवा प्रदायकहरूले पनि साथ दिँदा क्युआर कोडमा अत्यधिक सफलता मिलेको हो। उहाँले यसको प्रयोगलाई थप वृद्धि गर्नका लागि राज्यले सहुलियत दरमा इन्टरनेटको पहुँच सबै नागरिकमा पुर्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘मोबाइल डेटा चलाएर क्युआर कोडमार्फत भुक्तानी गर्ने सबैको क्षमता वा चाहना हुँदैन। राज्यले सहुलियत दरमा इन्टरनेट दिएर यसतर्फ नागरिकलाई थप आकर्षित गर्नुपर्छ।’

पछिल्लो समय क्युआर कोडको सफलतासँगै कतैकतै पुरानो फोटो देखाएर भुक्तानी भइसकेको भन्दै ठगी गर्ने क्रम पनि बढेको छ। आचार्यले भन्नुभयो, ‘नागरिकले यसप्रति सजग हुन जरुरी छ। भर्खरै भुक्तानी भएको अवस्थामा मितिदेखि समयसम्म हेर्न सकिन्छ, त्यसप्रति चनाखो रहेमा ठगी हुनबाट बच्न सकिन्छ।’

राष्ट्र बैंकका अनुसार असोजसम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ता संख्या २ करोड २२ लाख ८४ हजार २ सय २२ पुगेको छ। गत आर्थिक वर्ष २०७९–८० को असोजसम्म यो संख्या १ करोड ९१ लाख २ हजार ६ सय ५२ मात्रै थियो। यसरी हेर्दा एक वर्षमा ३१ लाख ८१ हजार ५ सय ७० नयाँ प्रयोगकर्ता थपिएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ। प्रयोगकर्ता बढ्दै जाँदा मोबाइल बैंकिङबाट हुने कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ।

यस वर्ष असोजमा ३ करोड २७ लाख ७२ हजार ८ सय ३९ पटकमा कुल २ खर्ब ७७ अर्ब ८२ करोड रुपैयाँबराबर कारोबार भएको छ। अघिल्लो वर्ष असोजमा भने २ करोड ९ लाख ९ हजार ३ सय ६१ पटकमा कुल १ खर्ब ६२ अर्ब १३ करोड रुपैयाँबराबर मात्रै कारोबार भएको थियो। अघिल्लो वर्षको तुलनामा यस वर्ष मोबाइल बैंकिङबाट भएको कारोबार करिब दोब्बरले वृद्धि भएको तथ्यांकले देखाएको छ।

मोबाइल बैंकिङ प्रयोगकर्ताका साथमा डिजिटल वालेट प्रयोकर्ताको संख्या पनि वृद्धि भएको छ। तथ्यांकअनुसार यस वर्ष असोजसम्मको वालेट प्रयोगकर्ता संख्या २ करोड २ लाख ७६ हजार १ सय ६१ छन्। तर, अघिल्लो वर्ष असोजसम्म भने वालेट प्रयोकर्ता संख्या १ करोड ४८ लाख ३९ हजार ८ सय २० थियो। यस्तै वालेटबाट हुने गरेको कारोबार रकममा पनि वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार यस वर्ष असोजमा २ करोड २६ लाख २२ हजार १ सय ७० पटकमा कुल २२ अर्ब ७९ करोड रुपैयाँबराबर कारोबार भएको छ। गत आर्थिक वर्ष असोजमा भने १ करोड ५७ लाख ३ हजार ४२ पटकमा कुल १६ अर्ब ५६ करोड रुपैयाँबराबर कारोबार भएको थियो। तथ्यांकअनुसार यस वर्ष असोजमा इन्टरनेट बैंकिङबाट ११ अर्ब ८० करोड, क्युआरबाट ३६ अर्ब २१ करोड र रियल टाइम गेट सेटलमेन्ट (आरटिजिएस) बाट सबैभन्दा बढी २७ खर्ब ५९ अर्ब ७९ करोड रुपैयाँबराबरको कारोबार भएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn