नेपाली

नेपालमा हुने भुक्तानीमा क्युआर कोडको छलाङ

criPublished: 2023-11-27 16:05:04
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा पछिल्लो समय भुक्तानीको माध्यमका रुपमा क्युआर कोड लोकप्रिय बन्दै गएको छ। बैंकिङ क्षेत्रले प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै जाँदा क्युआर कोडमार्फत हुने भुक्तानी पनि बढेको कारोबार अनलाइनले लेखेको छ।

राष्ट्र बैंकका अनुसार एकै महिनामा क्युआर कोडबाट १ करोड १८ लाख पटक कारोबार भएको छ। गत वर्षको असोजको तुलनामा यो वर्षको असोजमा क्युआर कोडबाट हुने कारोबार तीन गुणाभन्दा धेरैले बढेको छ। गत वर्षको असोजमा ३५ लाख ६५ हजार पटक कारोबार भएको थियो। क्युआरबाट हुने भुक्तानी रकम पनि बढ्दो क्रममा रहेको छ। गत वर्षको असोजमा क्युआर कोडबाट १५ अर्ब ७८ करोड रुपैयाँ भुक्तानी भएको थियो। चालु आवको असोजमा दोब्बरभन्दा धेरैले बढेर ३६ अर्ब २१ करोड रुपैयाँको भुक्तानी भएको छ।

राष्ट्र बैंकका अनुसार भदौमा १ करोड १७ लाख ९९ हजार १७५ पटक कारोबार हुँदा ३० अर्ब ५६ करोड रुपैयाँ क्युआर कोडबाट भुक्तानी भएको छ। भदौको तुलनामा असोजमा क्युआर कोडबाट हुने भुक्तानी १८.४८ प्रतिशतले बढेको छ। पछिल्लो समय ठेलागाडामा वस्तु बेच्ने साना तथा मझौला व्यापारी, किराना पसलदेखि ठूला व्यापार व्यवसायमा समेत क्युआर कोडले प्राथमिकता पाउन थालेका छन्।

साथमा नगद बोकेर हिँड्नु नपर्ने तथा प्रयोगमा सहज, सरल र सुरक्षित हुने भएकाले क्युआर कोडमार्फत हुने भुक्तानी लोकप्रिय बन्दै गएको हो। क्युआर कोडमार्फत हुने भुक्तानीको प्रवर्द्धनका लागि राष्ट्र बैंकले अभियान नै चलाएको थियो। गभर्नर महाप्रसाद अधिकारीले किरानादेखि अन्य व्यापार व्यवसायमा आफ्नै उपस्थितिमा क्युआर कोडबाट भुक्तानीको सुरुवात गराउनु भएको थियो।

राष्ट्र बैंकका सहायक सूचना अधिकारी भागवत आचार्य इन्टरनेट तथा प्रविधिको बढ्दो प्रयोगसँगै क्युआर कोडमार्फत हुने भुक्तानीले छलाङ मारेको बताउनुहुन्छ। ‘राष्ट्र बैंकले विभिन्न माध्यमबाट क्युआर कोडमार्फत भुक्तानी गर्नका लागि कार्यक्रमहरू पनि गरेको छ। त्यसमाथि प्रयोगका लागि सरल र सहज भएकाले जनमानसमा यसको लोकप्रियता बढेको हो,’ आचार्यले भन्नुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn