नेपाली

टोखा–छहरे सुरुङ मार्ग बन्ने अर्थमन्त्री डा. महतको विश्वास

criPublished: 2023-11-25 16:40:40
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मन्त्री डा. महतले भन्नुभयो, ‘अहिले म अर्थमन्त्री हुने अवसर पाएको छु । नुवाकोटको विकासले थप मौका पाएको छ । बालाजु–ककनी–त्रिशुलीबाट धेरै वर्षदेखि बिग्रिएको थियो, अहिले निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ। अब त्यो बाटो पक्की बन्छ। उता कुमारी जाने बाटोमा पनि बजेट विनियोजन भएको छ।’

काठमाडौं–छहरे–टोखा बाटो अहिले राम्रो भइसकेको जानकारी दिनुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘सुरुङमार्ग निर्माणका लागि हामीले बजेट छुटाएका छौं, यसका लागि अर्बौ अर्ब रुपैयाँ चाहिन्छ। चिनियाँ सरकारलाई समेत सहभागी गराएर यो बाटो सम्पन्न गर्ने प्रयासमा हामी लागिरहेका छौं। ढिलोचाँडो यो सुरुङ मार्ग बन्छ भन्ने मलाई विश्वास छ।’

यो सुरुङ मार्ग निर्माण सम्पन्न भएसँगै नुवाकोट र काठमाडौंको दूरी छोटो हुनेछ। नुवाकोटमै बसेर काठमाडौं जागीर खान सकिन्छ। गोल्फुभञ्ज्याङसम्म पक्की बाटो निर्माणका लागि बजेट विनियोजन भएको छ।गोरखापत्र अनलाइन।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn