नेपाली

टोखा–छहरे सुरुङ मार्ग बन्ने अर्थमन्त्री डा. महतको विश्वास

criPublished: 2023-11-25 16:40:40
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताउनुभएको छ। शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘‘नेपालमै विकास हुन्छ, नेपालमै रोजगारीका अवसर बढ्छन्। विस्तारै विदेश जानु नपर्ने अवस्था यहाँ सिर्जना हुन्छ। जलविद्युत आयोजनामा लगानी भइरहेको छ, पर्यटकको संख्या बढ्दैछ। कृषि क्षेत्रमा लगानी बढ्छ, सुचना प्रविधिमा धेरै युवाहरु लागेर आम्दानी गरिरहेका छन्।’

मन्त्री महतले सामाजिक सञ्जाल प्रयोग गरेर जनतामा भ्रम फैलाउन प्रयास भइरहेको बताउनुभएको छ । केही व्यक्तिहरुले जनताको भावनामा खेलेर आफ्नो कुन्छित उद्देश्य प्राप्त गर्छु भन्ने कसैले ठानेको छ भने त्यो सफल नहुने उहाँले स्पष्ट पार्नुभयो ।

खेलकुदलाई सरकारले प्राथमिकतामा राखेको र राष्ट्रिय गौरवको आयोजनामा राखेर हामी क्रिकेट मैदान निर्माण जानकारी दिनुहुँदै उहाँले अन्य खेलकुदको विकास गर्ने सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।‘नुवाकोट शिक्षामा धेरै पछाडि थियो, हाम्रा पालामा त्रिशुलीमा मात्र एउटा हाइस्कुल थियो, गाउँमा प्राथमिक विद्यालय पनि थिएन’’ मन्त्री डा. महतले भन्नुभयो, ‘मैले चौतारामुनि पढ्न सुरु गरेको हुँ । तर पढ्ने अठोट भयो भने अगाडि बढ्न सकिन्छ । पढाइलाई उच्च प्राथमिकता दिन म भाइ बहिनीहरुलाई आग्रह गर्छु ।’

महतले भन्नुभयो, ‘पढाइलाई प्राथमिकता राख्ने विद्यार्थीका अभिभावले पनि साथ दिनुहुनेछ । पढाइ भयो भने प्रगति गर्नबाट कसैले रोक्न सक्दैन।’

‘नुवाकोटमा पछिल्लो समय धेरै विकास भएको हो। तत्कालिन अर्थमन्त्री डा. रामशरण महतका पालामा यहाँ विकासका धेरै ढोका खुले’उहाँले भन्नुभयो, ‘म पनि ऊर्जालगायत विभिन्न जिम्मेवारीमा रहेँ, त्यो बेला विजुलीलगायत अन्य विकास विस्तार भयो।’

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn