नेपाली

सिमेन्टको आन्तरिक खपत घट्दो तर निर्यात बढ्नाले उद्योगीलाई राहत

criPublished: 2023-11-25 16:44:11
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गएको चार महिनामा १ अर्ब १३ करोड रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर भारत निर्यात भएको छ। सिमेन्टको आन्तरिक खपत कम भइरहेका बेला निर्यात बढ्दै जाँदा उद्योगीहरुलाई राहत पुगेको छ। पूर्वाधार विकासका काम सुस्ताए पनि निर्यात गर्ने उद्योगलाई अनुदान गर्ने घोषणाका कारण निर्यात बढेको हो।

भन्सार विभागको तथ्यांक अनुसार गत चार महिनामा क्लिङ्कर ५८ करोड ५७ लाख रुपैयाँ र सिमेन्ट ५४ करोड ४९ लाख रुपैयाँको निर्यात भएको देखिन्छ।

गत आर्थिक वर्षमा ७७ करोड रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको थियो। जसमा क्लिङकर ४२ करोड र सिमेन्ट ३५ करोड रुपैयाँको थियो। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विकास निर्माणका काममा सुस्ती आए पनि सिमेन्ट निर्यात बढ्दा व्यवसायीलाई राहत पुगेको बताउनुभयो। निर्यात गर्ने उद्योगले कुल क्षमतामध्ये ४०–४५ प्रतिशत क्षमताको प्रयोग गरेका छन् भने आन्तरिक खपत गर्नेले ३० देखि ३५ प्रतिशत हाराहारी मात्रै उत्पादन गरिरहेको अग्रवाल बताउनुहुन्छ।

अर्थ मन्त्रालय अन्तगर्तको महालेखा नियन्त्रक कार्यालयका अनुसार साढे ४ महिनामा कुल बजेटको २० प्रतिशत खर्च भएको छ। विकास खर्च भने १० प्रतिशत मात्रै छ। ३ खर्ब २ अर्ब रुपैयाँ विकास बजेटमध्ये ३० अर्ब रुपैयाँ मात्रै खर्च भएको छ। सरकारले नयाँ पूर्वाधारका आयोजना अगाडि बढाएको छैन। निर्माण चलिरहेका आयोजनामा समेत ढिलाइ भैरहेको छ। निजी क्षेत्रले बनाउने आवास र व्यावसायिक भवनहरुको निर्माण समेत खुम्चिएको छ। २०७२ सालको भूकम्पपछि पुनःनिर्माण हुँदा सिमेन्ट खपत ह्वात्तै बढेको थियो।

केही सिमेन्ट उद्योग खुले, नेपालमा सञ्चालन भएका उद्योगले आफ्नो क्षमता विस्तार गरे। तर सिमेन्ट खपत हरेक वर्ष बढ्ने भन्दा घट्न थालेको उद्योगीहरु बताउँछन्।

अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले नेपालमा विकास निर्माणका काम ठप्प भएकाले आन्तरिक खपत कम भएको बताउनुभयो। उहाँले निर्माण व्यवसायीले काम गरेको रकम नपाउने अवस्था र निजी क्षेत्रबाट नयाँ आयोजना आउने अवस्था नहुँदा खपत घटेको बताउनुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn