खुनमिङबाट गएका चिनियाँ खेलाडीसँगै पोखरामा नेपाल माउण्टेन क्रस क्रन्ट्री दौड, नेपाल-चीन मित्रतालाई थप प्रगाढ बनाउने अपेक्षा
व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । विजेता महिला, पुरुषले जनही एक लाख ४४ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उपविजेताले एक लाख ८ हजार, तृतीयले ५४ हजार र चोथौदेखि सातौँसम्मको १८ हजार र दसौँसम्मका धावकले नौ हजार रुपियाँ पुरस्कार पाउने छन् ।
लेकसाइडको बाराहीघाटबाट सुरु भएर बिरौटा, फ्रुसेखोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचीबोट हुँदै बाराहीघाटमै आएर समापन हुने गोरखापत्र अनलाइनले खबर लेखेको छ।
५ किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताका विजेता छात्र–छात्राले जनही २५ हजार, द्वितीयले २० हजार, तृतीयले १५ हजार, सान्त्वनाले १० हजार र पाँचौँले ५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।