अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको १ वर्षपछि पोखरामा अध्यागमन कार्यालय, पहिलो सेवाग्राही चिनियाँ खेलाडी
न्यौपानेले काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकै प्रकृतिमा पोखराबाट सेवा दिइने जानकारी दिनुभयो। ‘त्रिभुवन विमास्थलमा अराइभल र डिपार्चरमा जस्तो सेवा पाइन्छ, यहाँ पनि त्यही हो’, उहाँले भन्नुभयो, ‘कामको चापका हिसाबले भन्ने हो भने अहिले तत्कालका लागि यता (पोखरामा) अलि सहज हुन्छ ।’
अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयका लागि आवश्यक न्यूनतम पूर्वाधार खडा भइसकेको र बाँकी कार्यालय सञ्चालनका लागि आवश्यक तयारीहरु विस्तारै परिपूर्ति गरिँदै जाने न्यौपानेले बताउनुभयो।
‘अध्यागमनको खास काम अन्तर्राष्ट्रिय उडानसँग सम्बन्धित भएका कारणले अन्तर्राष्ट्रिय उडानको चाप बढ्दै जाँदा यहाँको कामको चाप पनि बढ्दै जान्छ’, उहाँले भन्नुभयो।