नेपाली

अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको १ वर्षपछि पोखरामा अध्यागमन कार्यालय, पहिलो सेवाग्राही चिनियाँ खेलाडी

criPublished: 2023-11-24 16:48:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

उद्घाटन भएको करिब एक वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि अध्यागमन कार्यालय सञ्चालनमा आएको छ। विमानस्थलमा कूल २९ जना कर्मचारी दरबन्दी रहे पनि पहिलो चरणमा बिहीबारदेखि विभिन्न तहका १० जना कर्मचारीले कार्यालय सम्हाल्न थालेका अनलाइनखबरले जनाएको छ।

‘गृहमन्त्रालयले खटाएअनुसार हामी विभिन्न तहका कर्मचारी यहाँ आएका छौं,’ उपसचिव लिलाभल्लव न्यौपानेले भन्नुभयो, ‘आजैदेखि विधिवत रुपमा हाजिर भएर कार्यालय सञ्चालन भएको छ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन सन् २०२३ को जनवरी १ मा गरिएको थियो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ६ असारमा चीनको छङ्तुबाट चाइना–नेपाल ड्रागन बोट रेस प्रतियोगितामा भाग लिने चिनियाँ खेलाडी बोकेर सिचुवान एयरलाइन्सको विमान पोखरा आएको थियो। त्यसको करिब २ महिनापछि भदौ २३ गते रोयल भुटान एअरलाइन्सको ड्रुक एअरले पोखरा विमानस्थलका लागि पहिलो पटक व्यवसायिक अन्तर्राष्ट्रिय उडान भरेको थियो। त्यसयता थप २ वटा चिनियाँ चार्टड उडान भइसकेका छन् । तर, अहिलेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय सञ्चालनमा आएको थिएन ।

बिहीबार साँझ पनि पोखरामा चौथो चार्डर्ट विमान अवतरण गरेको छ। मंसिर ९ गतेदेखि पोखरामा हुन लागेको माउन्टेन क्रसकन्ट्री दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी बोकेर चिनियाँ सरकारको सहयोग हिमालय एअरलाइन्सको चाटर्ड जहाज पोखरा अवतरण गरेको हो।

सोही चार्टड जहाजमा आउने खेलाडी नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खुलेको अध्यागमन कार्यालयको पहिलो सेवाग्राही भएका छन्। ‘हामी सबै तरिकाले तयारी अवस्थामा नै छौं। लामो समयदेखि अन्तर्राष्ट्रिय उडान नभइरहेको अवस्थामा हामी आउनु र चार्टर्ड विमान आउनु संयोगजस्तै भएको छ’, अध्यागमन प्रमुख न्यौपानेले भन्नुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn