नेपाली

कोरला नाका खुलेपछि मुस्ताङीको दैनिकी सहज बन्दै

criPublished: 2023-11-20 15:30:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनसँगको कोरला नाका खुलेपछि उपल्लो मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीयवासी दैनिक सामान लिन कोरला नाका भएर चीनको (नेचुङ-लिजी) बजार गइरहेका छन्। सस्तो र नियमित प्रयोग हुने सामान पाइने लिजी बजारसम्म सहज तवरले पुग्न नपाएका मुस्ताङीले आफू निकट मानिएका व्यापारीबाट बेलाबेलामा सामान ढुवानी गर्ने गरे पनि नाका खुलेपछि दैनिक मुस्ताङीले आवश्यक सामान ल्याउने गरेका छन्।

अहिले परिचयपत्र भएका उपल्लो मुस्ताङका दुई गाउँपालिकाका बासिन्दाले चिनियाँ व्यापारिक महलबाट दैनिक खाद्यान्न, लत्ताकपडा, कस्मेटिक, विद्युतीय उपकरण र स्थानीयवासीले नियमित उपभोग गर्ने साम्रगीहरू खरिद गर्र्ने गरेको लोमान्थाङ गाउँपालिका–५ का वडा अध्यक्ष डुक के विष्टले बताउनुभयो। खाद्यान्न र लत्ताकपडाबाहेक निर्माण साम्रगी समेत तिब्बती बजारमा सस्तो भएकाले सिमेन्ट, फलामसहित हेभी मेसिनहरू बिस्तारै आयात हुने उहाँले बताउनुभयो।

नाका खुलेपछि लुकिछिपी ल्याइने गरेको घोडा, भेडाच्यांग्रा, याकसमेत नाकाबाटै ल्याउन सहज हुने उहाँले बताउनुभयो। नाका खुलेपछि पहिलोपटक सहजै तिब्वती व्यापारीबाट भेडासमेत खरिद गरेर ल्याइएको छ। तिब्बतका बासिन्दाले नेपाली चामल मन पराउने भएकाले यताबाट खाद्यान्न सामग्री अन्तरगत चामल निर्यात गर्न सकिनेछ। जाडो मौसममा उपल्लो मुस्ताङ छोड्ने स्थानीयले घुम्ती व्यापारका लागिसमेत तिब्बती बजारबाट सामान लिएर आउने तयारीसमेत गरेका छन्।

कोरला नाका खुलेपछि चिनियाँ सामानहरू खरिद गरी मुस्ताङीले अन्यत्र पनि बिक्री गर्न थालेका छन्। नागरिकन्यूज डटकमका अनुसार नाका खुलेको करिब एक सातामा तिब्बती सामानहरू तल्लो मुस्ताङसम्म आइपुगेका छन्।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn