चीनको आर्थिक विकासको लाभ नेपालले प्राप्त गर्न थालेको नेपालका लागि चिनियाँ राजदूतको भनाइ
चीनको विकास अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वमै निर्भर छ भन्दै राजदूत छन सोङले भन्नुभयो, “खुलापनमा विश्वास गर्ने चीनले विश्वकै अर्थतन्त्रको समतामूलक विकासका लागि योगदान गर्न सक्दछ, र चीनको ध्येय पनि यही हो।”
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणबाट दुई देशबीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने र सहयोगका क्षेत्र अझ फैलिने विश्वास लिएको उहाँले बताउनुभयो। सो कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कार्यवहाक प्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा माधव कुमार नेपाल, झलनाथ खनाल, पूर्व सभामुख अग्नि सापकोटा, बिभिन्न कुटनीतिक नियोगका पदाधिकारीहरु , सुरक्षाकर्मी र समाजका लब्धप्रतिष्ठित व्यक्तिहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति थियो।